दशैँ केहि दिन पछि थियो। कार्यालयको काम भन्दा पनि घर जाने चटारो थियो। अफिस भोलि देखि बिदा हुने प्राय: निश्चित थियो। त्यो दिनको अफिस सक्काएर करिब ५:३० बजे तिर बसपार्क तिर लागे। लाइन लामो थियो, मलाई घर पुग्ने चाहले लाइन बस्नका लागि प्रॆरीत गरीरहेको थियो। करीब दुइ घण्टाको प्रतीक्षा पछि म 'क' साइडको ११ नम्बर सिट पाए। " भाइ भोलि बिहान ७ बजेको टिकट हो १५ मिनेट पहिला आउनुहोला"," हस्" भनेर डेरा तर्फ लागे।
डेरामा केहि समय सुस्ताय पछि किचन तर्फ लागे। छिटो छिटो खाना खाइ झोला बनाउन थियो। खाना खाइवरी झोला बनाउन लागे। आमालाई सारी, दिदीलाई कुर्ता सुरुवाल, भाइलाइ जिन्सको पाइन्ट र टिसर्ट किनेको थिय। तर आफ्नो लागि.................... यी सबै जतनका साथ ब्यागमा राखे। यत्तिकैमा करीब ११:३० बजिसकेको थियो। भोलि छिटै उठ्नु छ भन्दै ४:३० बजेको आलाराम सेट गरेर सुते।
बिहानको नित्यकर्म सकेर ६ बजेतिर कोठाबाट निस्किय। धुम्बाराही बाट बसपार्कको गाडी चढे सगै मनमा अनेकौ प्रश्न खेलिरहेका थिय। मुग्लिनको बाटो जोखिमपूर्ण छ के होला ? सगैको सिटमा कस्तो मान्छे पर्ला? सकुशल पुगिएला कि नपुगिएला ? यस्तै यस्तै अनेकौ। "दाइ तपाइँ बसपार्क झर्ने होइन" खलासीले झस्कायो। "कति भो दाइ भाडा", "१५ रुपैया दिनुस्" खल्ती बाट १० र ५ को नोट निकालि खलासीको हातमा थमाएर भित्र छिरे।
बसपार्क खचाखच थियो। कति टिकट काट्न, कति आफु जाने गाडिको प्रतीक्षामा त कति खलासी सँग बार्केनिङ् गर्दै थिए। म भने गाडि खोजेर आफ्नो सिटमा गएर बसे। "यात्रा सफल रहोस्" मनमनै पुकार्दै थिए। बस आधा घण्टा ढिलो गरि हिड्यो। तर छेउको सिट खालि नै थियो।एकै छिनमा कलंकी पुगियो। "खलासी चिच्याई रहेको थियो "बुटवल बुटवल जाने हो मुढा खालि छ" छिनभरमै गल्लि पुरै खचाखच भरियो। तर त्यो सिट खालि नै थियो।
"दिदि छिटो आउनुस् न ढिलो भैसक्यो" खलासीले कसैलाई फोन गर्दै थियो। त्यस्तै करीब ५ मिनेट पछी २० ,२२ वर्षको उमेर कि युवती आइ " दाइ म झ्याल तिर बस्छु न" Request गरी , म सहजै "हस्" भनेर झ्याल तर्फ बस्न अनुमति दिए। बस बिस्तारै गन्तब्य तर्फ अगाडि अघि बढिरहेको थियो।
म आखा चिम्लिएर गाना सुनिरहेको थिए। " ल सबै जनाले पिसाब फेर्नुस, फेरी गाडि रोकिदैन" खलासीले नमिठो स्वरमा बोल्यो। बस नागढुङ्गा पुगेको रहेछ।सबै पिसाब फेर्नका लागी हतार हतार ओर्लदै थिए , म पनि। "छिटो गर्नुस् ढिलो भयो" खलासी च्याठिदै बोलिरहेको थियो।
"तपाइँ बाहिर जानुभएन" मैले छेउमा बसेकी ति युवतीलाई लक्षित गरेर प्रश्न गरे। "नाँइ" उसले सोझो जवाफ गरी। "कहा पुग्ने तपाइँ" , "बुटवल", "तपाइँ" , "बुटवल नै हो" केहि समयको मौनता पछि "तपाइको नाम के नि" , "रबिना" , "कति राम्रो नाम" , "धन्यवाद" , "तपाइको?" , "रितेस आर स्क्यायर" व्यंग गर्दै उत्तर गरे। उ मुसुक्क हासी र झ्याल तर्फ फर्की।
बस मलेखु पुगीसकेको थियो , उसले कानमा इएरफ़ोन कोचेर सायद गाना सुन्दै थिइ।म वास्ता नगरी " काठमाण्डौमा कुन कलेज पढ्छौ " , " के भन्नु भएको" उसले हतपत एयरअफोन निकाली र प्रतिप्रश्न गरी , म पुन सोहि प्रश्न दोहोराय। " अँ नासामा पढ्छु" , " कुन लेभल" , "ब्याचलर सेकेण्ड एयर" , " कुन" , " साइन्स" म एकोहोरो प्रश्न गरिरहेको थिय, उसले उत्तर। "तपाइँ" , " म शंकरदेव मा मास्टर्स सेकेण्ड इएर"यकै पटकमा उत्तर गरे। "अनि जागिर नि गर्नु हुन्छ होला?" , " हो WWF मा दिन बिताउछु" , उसले "WOW" मात्रै भनि। मोबाइलमा बजिरहेको गाना बन्द गरेर उसले मेरो जागिरको सन्दर्भमा निकै चासो राखी। मैले उसका हरेक प्रश्नको उत्तर दिने प्रयास गरेको थिए। तर मनमा प्रश्न उब्जिएको थियो , आखिर उसले किन चासो राखेकी छ? उसले झ्याल तर्फ फर्केर सानो स्वरमा बोलि " मैले पनि एप्लाई गरेको थिए सतलिस्ट नै गरेन" उसको त्यो बोलीमा निरासा र आक्रोस प्रष्ठ झल्कन्थ्यो।
मलेखु देखि रामनगर सम्ममा हाम्रो बिचमा अनेकौ बिषयमा भलाकुसारी भएको थियो। बस रामनगरको लुम्बिनी भोजनालय मा रोकियो। "ल खाना खान झर्नुस" बाहिर कोहि बोल्दै थियो। " जाउ खाना खान " , " नाँइ नजाने" , " जाउ न " मेरो आग्रहलाई नकार्न नसकी उ पनि संगै ओर्ली।
" के खाने ?" , " केहि नखाने हजुरले खानुस्" , " हुदैन" म जिद्दी गरे। अन्त्यमा हामि म:म खाने सहमति गर्यौ । " दिदि कति भो" मैले अन्टिलाई सोधे " नाँइ नाँइ म दिन्छु"उ पछाडी बाट बोलिरहेकी थिइ तर म वास्था गरेन। बस पुन गन्तब तर्फ अगाडि बढ्यो। नारायणी पुलमा पुगेपछि "यहा सिक्का फ्याक्नु पर्छ रे मनले आटेको पुग्छ" उसले दुइ रुपैयाको सिक्का मेरो हातमा थमाई। हामि सिक्का तारायणिमा फयाक्यौ। " के माग्नु भो?" , " भन्न हुन्न पुरा हुन्न रे" हामि यस्तै यस्तै कुरामा रमाइरहेका थियौ। अझ भनौ यात्रामा समय बितेको पत्तो नै भएको थिएन।
मलाइ उसको परिवारको बारेमा जान्ने उत्सुकता जागेको थियो , तर कुनै बाहना भेटिएको थिएन। जसो तसो म "घरमा कति जना हुनुहुन्छ?" केहि समय पछि "३ जना बुवा, भाइ अनि म" , "अनि आमा?" म हतार हतार प्रश्न गरे। उसको मुहार मलिन देखोयो। "आमाले छोडेर जानु भाको नि दुइ वर्ष पुग्यो" उसले लामो सास फेरी अनि झ्याल तर्फ फर्की। सायद बाहिरको स्वार्थि संसारलाई नियाल्दै चित्त बुझाउनका लागि उसले झ्यालको साहरा लिएकी थिइ। म मा पुन प्रश्न गर्ने हिम्मत आएन। उ झ्याल तिरै हेरिरहेकी थिइ। सानो आवाजमा " जिन्दगीले अनेकौ चोट दिन्छ" गुनगुनाउदै थिइ। "दैव पनि कति निष्ठुरी सारा खुसि बाल्यबस्थामै लुटिदिने" मैले जवाफ फर्काए । उसको अँखा भर आँसु थियो जब मेरो अनुहार नियाल्न कोल्टे फर्किएकी थिइ । " strong हुनुपर्छ चिन्ता नगर" यत्ती बोल्न भ्याए ।
बस दाउन्नेको उकालो चढ्दै थियो ।"सबैको आफ्नै आफ्नै कथा हुन्छ है तर कतिको सुन्दै अँखा रसाउने" यो वाक्यांश उ प्रती लक्षित गर्दै हावामा फ्याके। निकै प्यारो स्वरमा "उम्" गरि । गाडीमा पनि "मलाई यो जिन्दगीले चोट दियो गनि गनि" भन्ने गाना बजेको थियो ।लाग्दै थियो दन्केको आगोमा तेल थप्ने काम गर्यो। लामो सुस्केरा हाले अनि कोल्टे फर्किए ।
"एकैछिनमा त हाम्रो पनि छुट्ने समय आयो है " उसले प्रश्न फ्याकी। "प्रीय मान्छे सँग छिटै छुटाउने भाविको रीत नै रहेछ क्यारे" म मलिन स्वरमा बोले । " यहि त हो यात्राको नमजा, मन परेको मान्छे सँग धित मरुन्जेल बोल्न पनि नपाउने " उसले आक्रोशित वाक्य बोली । म केही उत्तर गर्न जरुरी ठानेन ।
"अँ तपाईको फेसबुकमा के नाम छ म requeat गर्छु नि" ," रितेस घिमिरे" । गाडिमै फेसबुक खोली र message को रिप्लाई गर्नु नि भन्दै निलो बटन थिची । " त्यति त चलाउदिन तर सकेसम्म गरीहाल्छु नि" , "त्यो भन्दा पनि मेरो नम्बर नोट गर, ९८..... " मिसकल गर्दै मेरो त्यही हो खै ल्याउनुस् मै सेभ गर्दिन्छु भन्दै मोबाइल खोसी , म प्रतिवाद गर्न आवश्यक ठानेन । उसले लेखेकी थिइ "प्यारो मान्छे" ।
" बुटवल आयो झर्नुस्" खलासी चिच्याउदै थियो ।हामी दुबै जना ओर्लियौ ।" कहिलेकाही फोन गर्नु, माया यत्तिमै सिमित नहोस् , तपाई सँग यात्रा गर्न पाएको मा खुशी छु" यस्तै यस्तै धन्यवादका शब्द बोल्दै थिइ ,मलाई सबै खल्लो लाग्दै थियो । म यात्रा सकिएको मा दुखी थिए । अन्तिम वाक्य बोले " फेरि पनि सँगै यात्रा गर्न साइत जुरोस्" उसले मलिन अनुहारमा बिदाइका हात हल्लाउँदै थिइ अनि म..... अनि म नतमस्तक बनी हेरिरहे आँखाले भ्याउन्जेल ।
२० मिनेट पछि मोबाइलमा म्यासेज बज्यो । लेखिएको थियो " म घरमा पुगे ,हजुर पुगेपछी म्यासेज गर्नु ल " दिन प्रतिदिन हाम्रो सामीप्यता बढ्दो थियो ।घण्टौ फोनमा बोल्नु हाम्रो रुटिन नै बनेको थियो । एकदिन उसले निकै हतारमा फोन गरेकी थिइ ।"रितेस म केही दिनको लागि बाहिर जाँदै छु मिले सम्म आफै फोन गर्छु ,हजुर नगर्नु होला" । फोन कट्यो । पुन सम्पर्क गर्न खोज्दै थिए तर....... तर फोन अफ थियो । मन बिक्षिप्त भयो, आखिर म सँग केही उपाए पनि त थिएन ।
त्यो दिन पिउन मन लागेको थियो ।तर फेरि सम्झिए "कहिले नपिउनु होला " यात्राकै क्रममा उसले गरेको आग्रह सम्झिए । हरेक दिन वर्ष जस्तै लाग्दै थियो ।जसोतसो २ महिना बितेछ । २ महिना पछि उसको नम्बरको रिङ बज्यो । म हतार हतार फोन उठाए "कहाँ हराएकि , किन फोन नगरे कि , तिमिलाइ रितेसको याद आएन, किन किन ??" उ एक्कासि घुक्क गरि म अझै आत्तिए , के भो किन रोएकी? एकोहोरो बोलिरहेको थिए ।" रितेस मेरो बिहे हुँदै छ, आफ्नो भन्दा पनि बुवाको खुशिका लागि " उ निकै रोइ ।"एउटा कुरा भन्न थियो तिमिलाइ सुन्छौ नि? " , " भन भन" लामो सास लिइ अनि बोल्न थालि," धेरै कोसिस गरे तर भन्न सकिन ,आज हिम्मत जुटाएकी छु , हजुरसँग जिन्दगीका लाखौं घुम्टी काट्ने सपना देखेकी थिए तर............ तर आज सबै आफ्नै अँखा अगाडि तुहिदै छ " उ एकसासमा बोली । उ निरन्तर रोइरहेकी थिइ।मेरो सामु उत्तरको लागि केही थिएन । एकछिनमा फोन कट्यो ।
आखिर मेरो मनमा पनि त उसको लागि माया थियो किन भनिन ,म आफै भित्र प्रश्न गरिरहेको थिए।अनि मेरा सपनाहरु ?? सपनाहरु उसको एउटै फोनले खरानी बनेका थिए तर म ......... तर म नतमस्तक बनिरहे ... त्यो रात धेरै रोय, आफुलाइ सम्हाल्न सकिन अनि पिउन सुरु गरे बस् उसको यादमा । आज उ अर्कैको अँगालोमा बेरिएकी छे..... गुनासो उ सँग केहि छैन , छ त यो पापी समय संग ........
(घटना र पात्र काल्पनिक हुन्, कसैसँग मेल खाएमा संयोग मात्रै हुनेछ )