माघ महिनाको कठ्ङ्ग्रीदो जाडो थियो। म विधालय बाट फर्किएर खाजा खाइ साथि सँग खेल्दै थिए। घरमा आज केहि विषेस परिकार पकाउने आमाले तखर गर्दै गरेको सुइँको पाएको थिए। हामि प्राय मोजामा कागज राखेर भकुण्डो बनाएर खेल्ने गर्थ्यौ। निकै रमाइलो पनि हुने गर्थ्यो। यत्तिकैमा आमाले " बाबु जा त बारीमा गएर बेसार लिएर आइज" मैले आमालाई जवाफ फर्काए " भोलि बिहानै लिएर आउँंला अहिले साथि सँग एकछिन खेल्छु"। आमाले झर्केको स्वरमा भन्नुभयो "यो कुकुरले कहिले भनेको मान्ने होइन" . आमाको त्यो कठोर बोली सुनेर कुटो बोकेर बारी तर्फ लागे।
घर फर्कदा झिसमिस अध्यारो हुन आटेको थियो। बुवा पनि स्कुल बाट घर फर्किनु भएको थियो। " के लिएर आएको बाबु तँ" बुवाले प्रश्न गर्नुभयो। "बेसार लिएर आएको नि" , "के कामका लागि" "आज खिचडी खाने रे आमाले भन्नुभएको " , "गृहकार्य सकियो कि खेलेर मात्रै बसेको ?" म केहि नबोली आफ्नो कोठा तर्फ गृहकार्य गर्न हिँडे।
रातको करिब ८ बजेको थियो , आमाले भान्सा बाट चिच्च्याउदै " सबै जना खाना खान आउ " . म हतार हतार भान्सामा पुगे। भान्सामा पुगेपछि, बुवा खोइ के कामका लागि गाउँँ तिर निस्कनु भएको आमाले सुनाउनु भयो। मैले भने "बुवा आए पछि सबैले सँगै खाउला नि" आमाले हुन्छ भन्नु भयो।
करिब ८:३० बजे तिर बुवा आउनुभयो " आज अलि अध्याँरो भो" आमाले रीसाएको स्वरमा भन्नुभयो "अब खाना खाने हात धुनुस्। " बुवा चुपचाप नबोली खाना खान रेडि हुनुभो। खिचडी पाकेकोले सबैले मिठो मानि खादै थियौ। यत्तिकैमा बाहिर बाट एक अनौठो आवाज आयो "सर बाहिर निस्कनुस् त" बुवाले खादै हुनुहुन्थ्यो। "एकछिन बाहिर बस्दै गर्नुस्" बुवाले जवाफ फर्काउनु भयो।
देशमा युद्द चलेको थियो। हरेक दिन जसो अपहरण र हत्याका समाचार बज्ने गर्थे। त्यसैले पनि बुवा केहि हतास देखिनु हुन्थ्यो। बुवा हतार हतार गरी बाहिर निस्कनु भयो। सँगै म पनि बुवाको हात समातेर बाहिर निस्के। बाहिर तत्कालिन बिद्रोही जत्थाले घर घेरा हालिसकेको थियो। त्यो अपरिचित मान्छे बोल्यो " सर तपाइलाइ सोधपुछ गर्नु छ हामि सँग हिड्नुस्" , बिचमा आमाले निन्याउरो स्वरमा भन्नु भयो " सर कतै जानुहुदैन , जे सोध्नु छ यहि सोध्नुस्"। "यहाँ मिल्दैन , सरलाई केहि हुदैन आत्तिनु पर्दैन" ,"हुन्न कतै जानुहुँदैन " यस्तै भनाभन त्यो व्यक्ति र आमाको बिचमा चल्दै थियो। म भने मलिन भएर बुवाको हात समातेर उभिएको थिए।
"केहि हुदैन मलाई एकछिनमा फर्कन्छु तिमि केटाकेटीको ख्याल गर" बुवाले आमालाई निर्देषनात्मक तबरले भन्नु भयो। आमाले आँखामा आशु लिएर नजानुस् अबस्था ठिक छैन भन्दै हुनुहुन्थ्यो। त्यहाँ रहर भन्दा पनि बाध्यताले गाँजेको थियो। "बाबु तिमि आमा सग बस म अंकल सँग गएर एकछिनमा आउँछु" म तर्फ हेर्दै बुवा बोल्नु भयो। म रुन्चे स्वरमा "हस् छिटै आउनु है"।
बुवाले घर छोडेसँगै आमा निरन्तर रुनु भएको थियो। त्यो रात निकै लामो भयो , हामि सबै बिहानीको प्रखाइमा एकै ठाउमा गोल भएर बसेका थियौ। अन्तत : त्यो रात मेरो लागि अभिसाप बनेर आयो। म हरेक दिन जसो बुवा आउने आसमा बाटो पहिल्याउन छोडेको छैन , तर मेरो त्यो आस नियतिमा भने कहिल्यौ बदलिने छैन। हरेक दिनको सुर्य अस्त सँगै बुबा आउने बाटो हेर्न लागेको पनि आज १४ वर्ष बित्यो तर बुबा ........................
बुवाको बेपत्ता पछि कयौँ बसन्त आए , बिरुवाले अनेकौ पालुवा फेरे तर म ? तर म ...................... त्यो घटना बाट बाहिर निस्कन सकेको छैन , कैयौँँ खुशी बुवाको अभावमा खल्लो नितान्तै खल्लो महसुस गरेको छु। त्यसपछिका हरेक रात बुवाको प्रतीक्षा मा बित्ने गरेको छ, कहिलेकाहिँ सिरानीलाइ साथि बनाएर बेदना र असन्तोस पोख्दै बुवाको यादमा आशु बगाउनु मेरो नियति नै बनेको छ। किहिलेकाही चिच्याई चिच्याई भन्न मन लाग्छ दैव त कति पापी छस् ......................... बाल्यावस्था मै मेरो खुशी लुटिस्.......... अबोध बालकको तलाई श्राप लागोस् ....................................
त्यो तेही रात हो जसमा हामी समय अनि नियतिको सामु सच्चिकै निरिह बनेका थियौ, हामी एक्लै भएका थियौ । हामीले चाहेर पनि बिर्सन सक्दैनौ त्यो समय । पेन्सिलले कोरिएको अक्षर जस्तै बनेर बसेको छ, इरेजरले धर्काहरु मेट्न खोजे पनि डोबहरू जस्ताको तस्तै भएर बसिदिने सधै ताजा जस्तै बनेर ।
ReplyDeleteaakha rasayo padhda padhdaii ..
ReplyDeleteaama baba bina chhora chhori ko life adhuro naii hunxa but k garne dada yestai ho sansar sabai lai sabai kura kaha puraideyeka xan rah vagwanle hajur tah strong hunu parxa ..
The day is not far to win the battle ..God will surely bless you with loads of happiness and sucess in your life ... dont feel sad
कस्ताे लेखेकाे भार्इ पढ्दा मुटु नै ढुक्क भएर अाउने । यस्तै छ व्यथा, याे जीवनकाे कथा ।
ReplyDelete