केही दिन अघि मैले मेरा छोराछोरी हेर्न, पढाउन आउने इच्छालाई आनो
कोठामा
बोलाएँ। बस इच्छा तिमिले पाउने पैसाको हिसाब गरौं । तिमीलाई पैसा चाहिएको होला तर तिमिले मागेनौं । मैले त तिमिलाई महिनाको तिनहजार रुपैया दिन्छु भनेको थिए ।"होईन चार" । इच्छाले भनी । "होइन तिन"। लेखिराखेको छु, इच्छालाई जिहले पनि मैले तिन दिने गरेको छु तिमी यहाँ दुई मिहना देखि काम गदौ……………………। इच्छाले भनी दुई मिहना पाँच दिन । होइन पुरै दुई मिहना । मैलै यहाँ लेखिराखेको छु।
उसको बिवरण सुनाउन लागे । नौ वटा आइतबार घटाऊ । तिमीले आइतबार रायनलाई हेरेनौ, फेरी तीन दिन रिस्तमलाइ ………। इच्छा रातैभई अनि उसले आफ्नो पोशाकको फेर छोई । एक शब्द पनि बोलिन ।
"तीन दिन रिस्तमलाइ नहेरेको पनि घटाउ"। "चार दिन रायन बिरामी थियो"। "दुई दिन मेरी आमाले छोराछोरी हेरेकी थिइन तिम्रो दाँत दुखेर अनुपस्थित हुँदा"! "बाह्र र सात उन्नाइस भो होइन त इच्छा" । उन्नाइस घटाउँदा चारहजार एकसय तिमिले पाउने भयौ होइन त इच्छा? मैले प्रश्न गरे। उसको आँखा रातो भयो । हाँसोको कतै गुन्जाएज नै थिएन होस् पनि कसरी? उसको चिउँडो कालो र मलिन भो। उसले असजिलो मानेर खोकी तर एक शब्द पनि बोलिन मात्रै सुनिरही।
नयाँ वर्षको दिनमा तिमिले एउटा कप प्लेट पनि फुटायौ। । "अब यसबाट पाँच सय घटाउ", "कप र प्लेट महँगो छ तै पनि मैले तिमिलाइ भनेर नै घटाएँ"। म बोलिरहेको थिए उस्ले चुपचाप उभिएर मलाइ एकोहोरो हेरीरहेकी थिइ । अझै थपे "मलाइ यस्तो काम मन पर्दैन"। तिम्रो यो लाहपरबाहिको सजाय स्वरुप एक हजार घटाउ। । फेरी नयाँ वर्षको दिनमा मेरो पैसा पनि हराएको छ, तिमीलाई घर हेर्न भन्दै छोडेको थिए त, तिम्रै कारणले चोरी भो , त्यसको एक हजार घटाउ। सबै तिमिले बेहोर्नु पर्छ ,तिमिलाइ घर हेर भनेर तलब दिएको होइन, म एकोहोरो प्रश्न गरीरहेको थिए,तर उ मौन थिइ । दस गते म तिमिलाइ एक हजार दिएको थिए। "दिनुभएन" । इच्छा हतार हतार बोली । होइन मैले लेखिएको छु। छ…………।छ ...... चार हजार एक सय बाट अब तीन हजार पाँच सय घटाउ। यत्तिकै मा उसका दुबैआँखामा आँसुआए । उसको अनुहार असिन पसिन भएको प्रष्टै दिखिन्थ्यो !
"मैले एकपटक मात्रै पैसा लिएकि छु। कामेको स्वरमा उसले भनी ,त्यो पनि तपाइँको श्रीमती सँगबाट त्यो पनि तीनसय रुपैया भन्दा बढी होइन"। मैले जवाफ दिए "हो मैले पनि लेखेको रहेनछु"। अब छ सय बाट तीन घटाउ । तीन सय बाँकी रह्यो । लौ तिम्रो पैसा । तिन एक एक सय यहाँछ । मैले उसलाई तीन सय रुपैयाँ थमाइदिए। उसले थापी अनि झोलामा असजिलो तरीकाले फ्याकी । दया गनुभएकोमा धन्यवाद , उसले मधुरो स्वरमा भनी । म जुरुक्क उठेर कोठामा यताउता गर्न थाले। मलाई असाध्यै रिस उठेको थियो । के को दया? मैले सोधे।" पैसाको लागी" उसले भनी ।
तिमीलाई थाहा छ तिमिलाइ मैले किन ठगेको छु। तिम्रो पैसा मैले चोरेको छु अनि के को दया, अरु ठाउँमा त एक पैसा पनि काट्दैनन्। उसलेभनी " हो कही यस्तो बाहनामा पैसा काट्दैनन्" ।मैले हत्तपत्त जवाफ दिए " तिमीलाई एउटा पाठ सिकाएको हुँ। म तिमिलाई तिम्रो सबै पैसा दिन्छु ,यही खाममा तयार छ । तर तिमिले आफुमा भएको अन्याय लाई बिरोध गर्न सकेनौ न कि मौन स्वीकार गरेर कमजोरी प्रदशन गर्यौ।। यो स्वार्थी संसारमा यसरी कमजोर हुनु हुदैन ।ऊ अनौठो स्वएले हाँसी । उसको भाव मैले बुझिसकेको थिए ।मैले उ सँग माफी मगेर पुरै पैसा हातमा राखिदिए ।उसले निस्के क्रममा एक वाक्य बोली "दया गरीदिनु भएकोमा धेरै धन्यवाद"। मैले ऊ गएको हेरीरहे र सोचमग्न बने ....

No comments:
Post a Comment