माघ महिनाको कठ्याङ्ग्रॆदो जाडो थियो। सिरक भित्र बसेर कम्पुटर को साहराले दिनभरको थकानलाई बिर्सनको लागि सामाजिक संजाल चहारी रहेको थिए। Facebook, twitter म अलि बढि नै प्रयोग गर्ने गर्थे। यत्तिकैमा Friend Request बटनमा नयाँ Request देखिरहेको थिए तर खोल्नको लागि म संग सामर्थ थिएन भनौ वा इच्छा नै थिएन।
केहि समय News Feed चहारे पछी मनमा कौतुहलता अझ बढ्दै गयो, यो Request कास्को होला? केटा वा केटी यस्तै यस्तै। ……यत्तिकैमा Request बटन तिर क्रसर तेर्साए र खोले .........काव्या पौडेलको रहेछ। उसको profile खोलेर तस्विर नियाले पछि Request Accept गरे। तस्वीर निकै सुन्दर थिए , गहुगोह्रो वर्ण ,र ति नसालु नयनहरुले मलाइ नै हेरेजस्तो लाग्दै थियो।
एकैछिनमा म्यासेज बज्यो लेखिएको थियो "धन्यवाद मित्रता स्वीकार गर्नु भएकोमा" त्यसलाई रिप्लाई गर्नका लागि केहि समय wait गर्न भित्री मनले निर्देशित गर्दै थियो। दिनभरको अफिसको व्यस्तता र थकान अनि चिसो ले मलाइ निन्द्राको मुखमा धकेल्दै थियो। यत्तिकैमा राती पिउनको लागि एक माग पानि टेवलमा राखेर सुते। अर्को दिन बिहानको नित्यकर्म सकेर अफिस तिर लागे। करिव २० मिनेटको हिडाइ पछि अफिस पुगिन्थ्यो। त्यो २० मिनेटको दौडानमा त्यहि Request र म्यासेजको बारेमा सोचीरहेको थिए। झटपट टेवलमा ब्याग राखेर खल्तीबाट मोवाइल निकाले अनि उसको म्यासेज रिप्लाई गरे। लेखेको थिए "You must welcome" " but I don't know who you are? म्यासेज उतिबेलै सिन भएको थियो।
आज साझ कुरा गर्छु भनेर निर्केयोल गरी सकेको थिए। साझा ८ बजेको थियो हतार हतार ल्यापटप खोलेर Facebook मा छिरे , उ अनलाइन नै थिइ। केहि म्यासेज पहिले नै छोडिएको रहेछ " म काव्या पौडेल , घर बुटवल , अहिले यत्ति जान्नु न" म रिप्लाई गरे "OK ".. केहि समयको मौनता लाइ तोड्दै म " अनि तिमि के गर्दै छौ नि ? , मलाइ कसरी चिनेको तिमि?" केहि समय पछि उसको रिप्लाई आयो " म अहिले BDS दोश्रो वर्षमा अध्यनरत छु, हजुरलाई कुनै कार्यक्रममा देखेकी थिए। " त्यो रात हामि अबेर सम्म कुरा गरेका थियौ , जिन्दगीका अनेकौ उतारचडावको भलाकुसारी भएको थियो। रातको २ बजेछ पत्तो नै भएन। म "अब सुत्नु पर्छ , भोली अफिसमा झुल्दै बस्नु पर्छ फेरी " , "मेरो जाच नजिकिदै छ केहि दिन पछि आउछु अब आफ्नो ख्याल गर्नुहोला" , "हस्" .
म हरेक दिन जसो उसको Profile चहार्न थालेको थिए। करीव १५ दिन पछी उसको म्यासेज दिखियो " सन्चै हुनुहुन्छ?" झटपट रिप्लाई गरे "ठिकै छ , कहा हराएको यति धेरै दिन सम्म " , भनेकी थिए त जाच नजिकिदै छ भनेर ","सधै हराउने हो त्यसो भए?" , "चाहाना होइन बाध्यता हो" , "ठिकै छ, तिमि संग बोल्न मन लागे अरु केहि उपाय छ ?" , मेरो नम्बर राखिराख्नु न ९८४…… , अफ हुन सक्छ धेरै समय त्यहि पनि राख्नु न " , झटपट मिसकल गरे "त्यो मेरो नम्बर हो " , "ल म जान्छु भोली Presentation छ" , "हस् , राम्रो गर". त्यो दिन यत्तिमै सिमित रह्यो तर मेरो मनले अनेकौ प्रश्न गर्न थालेको थियो।
अर्को दिन करिव २ बजे तिर फोन गरे , निकै कोमल स्वरमा उसले " म एकछिन ब्यस्त छु, पछि गर्छु ल" ,"OK" . त्यो दिन हरेक क्षण म उसको फोनको प्रतीक्षामा थिए। साझ करीव ८ बजे तिर उनले म्यासेज गरी "Online आउनु न ", झटपट Online गए। त्यो रात हामि निकै कुरा गरेयौ, अझ भनौ सामिप्यता अझै बढ्दै गएको थियो। उसको हरेक कुराले मेरो मनमा खैलाबैला मच्याएको थियो। सायद उसलाई पनि त्यस्तै भएको हुनुपर्छ। हाम्रो सामिप्यता बाक्लिदो थियो अझ भनौ एक अर्कोको बानि परेको थियो।
उ बिना जानकारी कयौ दिन हराउथि , फोन अफ हुन्थ्यो , अनि मेरो मन बेचैन।निकै रिस उठ्थ्यो तर उसले सजिलै फकाउथी , अझ भनौ मेरो मन उसकै तियन्त्रणमा थियो। असोजको महिना थियो , मेरो जन्मदिन पनि नजिकिदै थियो तर उसले Wish गर्ने नगर्ने अत्तोपत्तो थिएन। कयौ पटक फोन try गरेको थिए अफ थियो। ५७ मिनेटमा उसको रिङ्ग बज्यो , त्यो ४० सेकेन्डमा कयौ सपना देखेको थिए। फोन उठाए तर केहि समय बोलेन , "नरिसाइसो न बाबा हजुर संग बोल्न मन नभएको कहा हो र, समय नै यस्तै छ ", अझै केहि बोलेन ," नबोले पनि माया गर्छु ल , umhaa umhaa umhaa", "पागल" यत्ति भनेर हासे।
"जन्मदिनको लाखौ लाख शुभकामना, मलाइ सधै यसरी नै माया गर्नु ल संगीत" म उसलाई गीत अनि उ मलाइ संगीत भन्थी। "धन्यवाद मायालु" , उ खित्का छोडेर हासी अनि म पनि हासे। "भोलि बालुवाटारको Busy Bee Cafe मा साज ५ बजे भेट्ने ल " उसले प्रस्ताव गरी। …. पहिलो भेट भएकोले निकै उत्साहित हुदै स्वीकार गरे अनि फोन राखे। त्यो रात मेरो लागि निकै लामो भयो। त्यसैले त भन्छन प्रतीक्षा गर्न निकै गाह्रो हुन्छ। बुधवारको दिन थियो , आकाश सफा देखिएको थियो, तिहार नजिकिदो भएकाले गोदावरी र सयपत्री फुलिरहेका थिए। वातावरण निकै रमाइलो, घमाइलो थियो। तर मलाइ घडिको सुइ नचले जस्तै लागेको थियो , ३ पनि वर्षौ पछि बज्न लागेको जस्तो अनुभूत भैरहेको थियो। निलो जिन्स , सेतो टिसर्ट अनि समर कोट लगाएर ऐना अगाडि उभिए "All the best" आफैलाई भने , त्यतिन्जेल ४:१० बजिसकेको थियो। बानेश्वोर चोक निस्किय अनि taxi चढे।
बालुवाटार पुग्दा ४:५५ भै सकेको थियो , Cafe नजिकै पुगेर उसलाई फोन गरे तर फोन अफ रहेछ। त्यतिबेला साच्चिकै त्यो टेलिकमको दिदि संग निकै रिस उठेको थियो। १० ……२० ……… ३० मिनेट बित्यो उसको अत्तो पत्तो थिएन। मन खिन्न भएको थियो, Cafe नजिकै झोक्राएर बसिरहेको थिय। एकासी "Sorry केहि समय लेट भयो" , उसको लागि केहि समय थियो होला तर मेरो लागि ................................तर मेरो लागि वर्षौ जस्तो लागेको थियो। "Happy Birthday to my Hero ..." उसले टाइट हग गरी अनि मेरो गाला चुमी। त्यतिन्जेल म केहि बोलेको थिएन , उसले बोल्ने समय नै दिएकि थिइन। म पनि उसको Forehead चुमे। अनि Cafe भित्र छियौ। त्यहाको वातावरण साच्चिकै बर्णन योग्य थियो। उसले ३० मिनेट पहिला आएर त्यो सबै गरेकी रहेछ। उ र म मात्रै भएकोले केक काट्नको लागि केहि ढिलो भएन। त्यो समय मेरो लागि निकै पूर्ण जस्तो लागेको थियो, जिन्दगीको हरेक खुशी पाएको थिए। त्यो दिनको लागि म लाजिम्पाटको एक होटलमा रुम भनेको थिय। रातको करिव १० बजे तिर हामि होटल तर्फ लाग्यौ। त्यो रात संसार बिर्सिएर एक अर्को मा समर्पित थियौ।
अर्को दिन चोभार घुम्ने प्लान गरेर १२ बजे तिर होटल बाट निस्कियौ , म त्यो दिन अफिस आउन नसक्ने फ़ोनबाटै जानकारी गराए। त्यहा धेरै कुरा भए , उसको BDS सकिए पछि बिहे गर्ने सहमति भयो। त्यो सकिनका लागि अझै १ वर्ष बाकी थियो। करिव ६ बजेको थियो हामि रत्नपार्क बाट छुटियौ। म बानेश्वोरको गाडि चढे,उ महाराजगंजको। केहि समय पछि म्यासेज गरे "Thank you for Today my love" .
करिव ६ महिना पछी उसले अचानक फरक प्रस्ताव गरी। उसको BDS सकिए पछि USA को लागि TRY गर्ने र उतै गएर बिहे गर्ने। त्यो मेरो लागि असम्भव जस्तै थियो। यता टेलिकमको जागिर उता उसको प्रस्ताव। मामु विदेशको लागि कहिले सकारात्मक हुनुभएन। एकातर्फ प्रेम अर्को तर्फ परिवार र जागीर...................................................म केहि बोल्न सकेन। उस्ले मलाइ ५ दिनको समय दिई र फोन राखी। त्यो ५ दिनमा मैले निकै ठुलो निर्णय गर्नु पर्ने थियो तर मेरो लागि सहज भएन। उसलाई फोन गरे , यहि नेपालमा हामि केहि गर्नु पर्छ भनेर कन्भिन्स गर्न खोजे तर उसले आफ्नो हट छोडिन। मन खिन्न भो र फोन राखे। केहि समय पछि उसले फोन गरी " हाम्रो बिचको सबै सकियो , अब मलाइ फोन नगर्नु होला " यत्ति बोली र फोन काटि। म सयौ पटक उसको फोन TRY गरे तर सफल हुन सकेन। त्यो दिन साच्चिकै रोए, धेरै रोए , उसको मायालाइ सम्झेर रोए , सपना सम्झेर रोए, बितेका पल सम्झेर रोए। आखिर म संग के नै बाकी थियो र।
दिन बिते , हप्ता बिते , महिना बिते तर उसको यादले अझै जरा गाडेको थियो। उसको फोनले हरेक दिन उठ्ने बानि परेको म ...........बिहान नभैदिए हुन्थ्यो जस्तो लाग्थ्यो। मलाइ देखेर मामु निकै चिन्तित हुनुहुन्थ्यो। ३ महिना बिते पनि उसको फोन Try गर्न छोडेको थिएन। एकदिन उसको बहिनीलाई फोन गरे। नम्बर परिवर्त गरेकी रहेछ। उसले कयौ दिन सम्म खाना नखाएको बहिनीले जानकारी गराइन। बेलुकीको ९ बजेको थियो, फोन गरे............." म संग ५ मिनेट मात्रै छ के के भन्नु छ भनिहाल्नु ","म तिमि संग जान तयार छु ", "अनि मामु?" , "मामु मेरो खुशीमा सधै खुशी हुनुहुन्छ , म उहालाइ कन्भिन्स गर्छु " , "भोलि पुतलिसडकमा साझ ६ बजे भेट्ने " "हस " भनेर फोन राखे।
मामुलाई यसको बारेमा भनेको नै थिएन। अर्को दिन पुतलिसडकमा उसलाई भेटे , संगै मेरो सबै डकुमेन्ट उसको हातमा थमाए। उ अँगालो हालेर रुन थालि " थाहा थियो हजुर आउनु हुन्छ भनेर " ,"अब नरोउ कहा के के गर्नु पर्छ भन, अब ढिलो गर्नु हुन् " हामि Kec बाट लुसियानाको लागि Apply गर्दै थियौ। पुराना दिन फेरी फर्किएका थिए , उसको मायामा पुरै लिप्त भएको थिए। उताको पनि interview को डेट तोकिएको थियो।
म अफिसमा थिए , करीव १२ बजेको थियो , करीनाले फोन गरीन। उनको बोलि निकै आत्तिएको जस्तो लागेको थियो। "के भो ?, किन .....छिटो भन" ," दिदि को ...................", "दिदीको के?" म निकै आत्तिएको थिए। नानो सेकेन्ड पनि प्रतिक्षा गर्ने अवस्थामा थिएन। उ रुदै बोलि "दिदीको .....................................Accident भयो , अहिले टिचिङ्ग हुनुहुन्छ। मेरो क्याभिनको छेउमा भएको सरले सबै सुन्नु भएको रहेछ, म आफुलाई सम्हाल्न सकेको थिएन। तर पनि बाइक लिएर टिचिङ्ग जानका लागि हिम्मत जुटाएको थिए। " म जान्छु सर हजुर संग टिचिङ्ग, ल पछाडी बस्नुस " बाइक निकै Speed मा थियो तर पनि नचले जस्तो लागेको थियो।
टिचिङ्ग पुगे , उसलाई ICU मा राखिएको रहेछ। झटपट उ संग पुगे तर उ ........................................................ तर उ बोल्न सक्ने अवस्थामा थिएन। उसको हात समाते केहि प्रतिक्रिया थिएन, भक्कानिदै बाहिर निस्के र करीनालाई भेटे। उसको Accident kec जादै गर्दा भएको रहेछ। केहि समय पछि काब्याको उपचारमा संलग्न डक्टर बाहिर निस्कनु भयो , "उहाको होस् आएको छ भेट्न सक्नु हुन्छ" त्यतिबेला हामि सबैको आखा खुशीको आसुले भरीएको थियो। केहि समय पछि म गए, "संगीत ..............संगीत आफ्नो ख्याल गर्नु ल , मलाइ केहि भएको छैन केहि समय पछि हाम्रो सपना पुरा हुदैछ" ,उसको त्यो बोलीले म सम्हालिन सकेन , बलियो संग उसको हात समाती रहे। "संगीत म नभए पनि हामीले देखेको सपना पुरा गर्नु ल ", उसको आखा भरी आशु थियो। म केहि बोल्न नसकी त्यहा बाट बाहिरीए।
करिव २ घन्टा पछि नर्सले आत्तिदै डक्टरलाइ बोलाउदै थिइन् तर हामीलाई त्यहा प्रवेस दिएको थिएन। २० मिनेट पछि डक्टर बाहिरियो " Sorry काब्यालाई बचाउन सकिएन ". त्यसपछि के भयो मललाई याद नै छैन। बिउझदा सरको कोठामा रहेछु , सरले कुरेर बस्नु भएको रहेछ। केहि समय पछि घर आए। मेरो रुमको वाल भर उसको तस्वीर मुस्कुराउदै थियो। लाखौ खोसिस गरेर उसको तस्वीर संग बोल्न तर पनि बोलेन बस मुस्कुराई रह्यो …. ।
उसको यादमा कयौ रात अनिदो बिताएको छु , लाखौ सपना अधुरो भएका छन आफुलाई माया गर्ने मान्छे गुमाएको छु ,सयौ पटक लडेको छु तर पनि दैवको सामु मेरा यी सबै प्रवाभ बिहिन भए, उसको सम्झना बाहेक केहि बाकि रहेन। अहिले सेन्ट लुसियानामा उ सग देखेका सपना पछ्याउदै छु.............उ बिना महत्व बिहिन भएता पनि उसको आत्मा सान्तीको लागि यो सबै गर्दै छु। जिन्दगीले अनेकौ चोट दिएको छ तर पनि हिम्मत हारेको छैन , १०० पटक लडेको छु तर पनि १००० पटक उठ्ने प्रयास गरेको छु। लाग्छ मेरो हरेक खुसी र दुखमा उसले कतै नजिक बाट नियाल्दै छ , हरेक साझ आकासमा देखिने तराहरुमा काब्या देख्छु................धेरै पटक हामि संगै बसेर तारा नियालेका थियो.................................काव्या म तिमि बिना अधुरो छु, छिटै तिम्रो सामु आउँन चाहन्छु ।

No comments:
Post a Comment