Sunday, February 7, 2021

आत्म कथा

आफ्नै छायाँले गिज्याई रहदा आज फेरी कलमको सहारा लिन खोज्दै छु।  धेरै कुरा पढ्न नै बाकि छ , केहि किताब केहि आखा अनि केहि मान्छे।  हरेक दिन केहि न केहि हुन्छ नै।  फागुन चैत्रमा उझाडिएको एक वृक्ष  बसन्त को प्रखाइमा अडिक भए जस्तै।  झरेर जाने पातहरुले केहि न केहि त लिएर गैहाल्छ नै।  यात्राको क्रममा कति जोडिञ्छ  त कति बिलिन भएर जान्छ।  पहिलो भेट अनि वार्तालाप बाट सायदै को कस्तो छ भन्ने पहिचान गर्न मिल्ने भए , प्रेम कहानीमा लेखिएका कयौ  नोवल फिक्का भएर जान्थे होला। 


जिन्दगीमा सबैकुरा बदलिएर जान्छ मात्रै यादहरु बाहेक। याद हरु त्यतै संग जोडिन पुग्छ जो आफ्नो हुदैन। अझ भनिन्छ नि देखेको होइन लेखेको हुनुपर्छ त्यसैले त जिन्दगीले देखेको संग मात्रै मुलाकात गराएर हरेक तरिकाले परिक्षा लिरहेको हुन्छ। हरेक मान्छेलाई आफु सजक छु जस्तो लाग्छ तर कति बेला गलत मान्छे संग संगत गर्न पुगेछु पत्तो नै हुदैन। त्यो रियलाइज  गर्दा गर्दै जिन्दगीले धेरै कुरा गुमाइसकेको हुन्छ।  त्यो भन्दा धेरै कतै नमेटिने गहिरो दाग लाग्छ । त्यहि दाग मेटाउने प्रयास गर्दा गर्दै  जिन्दगी एक दिन बिलिन हुन्छ। 


केहि क्षेणको लागि त जो कोहि राम्रो लाग्न सक्छ तर असलिएत त संगत गरेपछी मात्रै थाहा हुन्छ। सायद हरेक कोहीको जिन्दगीमा हुन्छ होला नयाँ आगमनले  पुरानो सबै बिर्साउने।  जिन्दगीमा त्यस्ता सायदै भेटिन्छ जसले तिम्रो हरेक कुरा नजिक बाट नियालेर सहि मार्ग दर्शन गर्छ।  यो स्वार्थि संसारमा मान्छे भोकले भन्दा सपना टुटेर मर्छन। कसै संग मिल्नु संयोग मात्रै हो तर छुटिनु पुर्व निर्धारित एउटा फुल अनि पुतली जस्तै। संयोगले भेटेको मान्छेलाई अथाहा प्रेम गर्दा गर्दै उठ्न नमिल्ने गरी गिरेको पत्तो नै हुदैन।  हरेक सम्झौतालाई नतमस्तक भइ स्व्रीकार गर्नुको बिकल्प हुदैन। फाइदा गिरेको चिज हो हरकोही उठाउन प्रयाश गर्छ। 

हामि आफ्नो लागि भन्दा धेरै समाज आफन्त अनि सथिभाइको लागि बाचेका हुन्छौ।  फलानोले के भन्छ , आफन्तले थाहा पाए के हुन्छ मात्रै सोचिरहेका हुन्छौ। आफ्नो लागि के सहि के गलत त्यो गौण बनिदिन्छ। सम्झौता ले जालझेल भएको जिन्दगि आफ्नो लागि खुशी खोज्दा खोज्दै अस्ताउन लागेको घाम जुन जस्तै बनिदिन्छ। जिन्दगीले यति धेरै सम्झौता गर्न बाध्य पारिदिन्छ जुन आफ्नो लागि भन्दा पनि अरुको लागि। कहिलेकाही आफैलाई प्रश्न गर्न मन लाग्छ आखीर यो सबै के का लागि।  मान्छेले चितामा जल्दा के लिएर जान्छ ? निवस्त्र पारी मुख बाट दागबत्ती दिएर क्षेण भरमा खरानी हुन्छ। सबै कुकार्यको सुरुवात त्यहि मुख बाट हुने भएर होला पहिले त्यहि जल्ने। सानो छदा लाग्थ्यो सबैले प्रेम गर्छन , जब ठुलो भए तब बुझ्न थाले प्रेम होइन सम्झौता गर्दा रहेछन। 

जन्म पछि मृत्यु जति सत्य छ त्यति नै सत्य हुन्छ दुख अनि सुख। आज सुख भोलि दुख एस्तै एस्तै  लुकामारी खेल्दा खेल्दै जिन्दगी बिलिन हुन्छ।  बाबा आमा साक्षत भगवान हुन् , अरुको लागि बाचेर जिन्दगीभर दुख पाउनु भन्दा आफ्नो लागि खुशी खोज्नु जायज हो। हाम्रो समाजले जे गरे पनि औला उठाई नै हाल्छ। । जिन्दगीमा धेरै गल्ति हुन्छन ,कति क्षेमा योग्य त जटिल।  गल्ति स्वीकार्नु आफैमा महान हो त्यो भन्दा महान नदोहोर्याउनु। गल्तीलाई आत्मसाथ गर्दै किताबको  पानाले  पोल्टो फेर्छ । मनमा कुरा खेल्दा खेल्दै  कोल्टो फेर्छु अनि लामो सास लिन्छ , झनै चिसो हावा लाग्छ , गर्ल्याम्म सिरक ओड्छु अनि आमालाई सम्झन्छु। 

(टेक्सास रात ११ बजे )

2 comments:

आत्म कथा

आफ्नै छायाँले गिज्याई रहदा आज फेरी कलमको सहारा लिन खोज्दै छु।  धेरै कुरा पढ्न नै बाकि छ , केहि किताब केहि आखा अनि केहि मान्छे।  हरेक दिन केह...