Sunday, February 7, 2021

आत्म कथा

आफ्नै छायाँले गिज्याई रहदा आज फेरी कलमको सहारा लिन खोज्दै छु।  धेरै कुरा पढ्न नै बाकि छ , केहि किताब केहि आखा अनि केहि मान्छे।  हरेक दिन केहि न केहि हुन्छ नै।  फागुन चैत्रमा उझाडिएको एक वृक्ष  बसन्त को प्रखाइमा अडिक भए जस्तै।  झरेर जाने पातहरुले केहि न केहि त लिएर गैहाल्छ नै।  यात्राको क्रममा कति जोडिञ्छ  त कति बिलिन भएर जान्छ।  पहिलो भेट अनि वार्तालाप बाट सायदै को कस्तो छ भन्ने पहिचान गर्न मिल्ने भए , प्रेम कहानीमा लेखिएका कयौ  नोवल फिक्का भएर जान्थे होला। 


जिन्दगीमा सबैकुरा बदलिएर जान्छ मात्रै यादहरु बाहेक। याद हरु त्यतै संग जोडिन पुग्छ जो आफ्नो हुदैन। अझ भनिन्छ नि देखेको होइन लेखेको हुनुपर्छ त्यसैले त जिन्दगीले देखेको संग मात्रै मुलाकात गराएर हरेक तरिकाले परिक्षा लिरहेको हुन्छ। हरेक मान्छेलाई आफु सजक छु जस्तो लाग्छ तर कति बेला गलत मान्छे संग संगत गर्न पुगेछु पत्तो नै हुदैन। त्यो रियलाइज  गर्दा गर्दै जिन्दगीले धेरै कुरा गुमाइसकेको हुन्छ।  त्यो भन्दा धेरै कतै नमेटिने गहिरो दाग लाग्छ । त्यहि दाग मेटाउने प्रयास गर्दा गर्दै  जिन्दगी एक दिन बिलिन हुन्छ। 


केहि क्षेणको लागि त जो कोहि राम्रो लाग्न सक्छ तर असलिएत त संगत गरेपछी मात्रै थाहा हुन्छ। सायद हरेक कोहीको जिन्दगीमा हुन्छ होला नयाँ आगमनले  पुरानो सबै बिर्साउने।  जिन्दगीमा त्यस्ता सायदै भेटिन्छ जसले तिम्रो हरेक कुरा नजिक बाट नियालेर सहि मार्ग दर्शन गर्छ।  यो स्वार्थि संसारमा मान्छे भोकले भन्दा सपना टुटेर मर्छन। कसै संग मिल्नु संयोग मात्रै हो तर छुटिनु पुर्व निर्धारित एउटा फुल अनि पुतली जस्तै। संयोगले भेटेको मान्छेलाई अथाहा प्रेम गर्दा गर्दै उठ्न नमिल्ने गरी गिरेको पत्तो नै हुदैन।  हरेक सम्झौतालाई नतमस्तक भइ स्व्रीकार गर्नुको बिकल्प हुदैन। फाइदा गिरेको चिज हो हरकोही उठाउन प्रयाश गर्छ। 

हामि आफ्नो लागि भन्दा धेरै समाज आफन्त अनि सथिभाइको लागि बाचेका हुन्छौ।  फलानोले के भन्छ , आफन्तले थाहा पाए के हुन्छ मात्रै सोचिरहेका हुन्छौ। आफ्नो लागि के सहि के गलत त्यो गौण बनिदिन्छ। सम्झौता ले जालझेल भएको जिन्दगि आफ्नो लागि खुशी खोज्दा खोज्दै अस्ताउन लागेको घाम जुन जस्तै बनिदिन्छ। जिन्दगीले यति धेरै सम्झौता गर्न बाध्य पारिदिन्छ जुन आफ्नो लागि भन्दा पनि अरुको लागि। कहिलेकाही आफैलाई प्रश्न गर्न मन लाग्छ आखीर यो सबै के का लागि।  मान्छेले चितामा जल्दा के लिएर जान्छ ? निवस्त्र पारी मुख बाट दागबत्ती दिएर क्षेण भरमा खरानी हुन्छ। सबै कुकार्यको सुरुवात त्यहि मुख बाट हुने भएर होला पहिले त्यहि जल्ने। सानो छदा लाग्थ्यो सबैले प्रेम गर्छन , जब ठुलो भए तब बुझ्न थाले प्रेम होइन सम्झौता गर्दा रहेछन। 

जन्म पछि मृत्यु जति सत्य छ त्यति नै सत्य हुन्छ दुख अनि सुख। आज सुख भोलि दुख एस्तै एस्तै  लुकामारी खेल्दा खेल्दै जिन्दगी बिलिन हुन्छ।  बाबा आमा साक्षत भगवान हुन् , अरुको लागि बाचेर जिन्दगीभर दुख पाउनु भन्दा आफ्नो लागि खुशी खोज्नु जायज हो। हाम्रो समाजले जे गरे पनि औला उठाई नै हाल्छ। । जिन्दगीमा धेरै गल्ति हुन्छन ,कति क्षेमा योग्य त जटिल।  गल्ति स्वीकार्नु आफैमा महान हो त्यो भन्दा महान नदोहोर्याउनु। गल्तीलाई आत्मसाथ गर्दै किताबको  पानाले  पोल्टो फेर्छ । मनमा कुरा खेल्दा खेल्दै  कोल्टो फेर्छु अनि लामो सास लिन्छ , झनै चिसो हावा लाग्छ , गर्ल्याम्म सिरक ओड्छु अनि आमालाई सम्झन्छु। 

(टेक्सास रात ११ बजे )

Saturday, January 25, 2020

रिया

 सम्बन्धहरुको भीडमा ती मानिसहरु महत्वपुर्ण हुन्छ्न जसले तपाईंलाई मनबाटै आफ्नो मान्छन्,
किनकी मनबाटै आफ्नो मान्नेहरु कहिलेकाहीं मात्रै भेटिन्छन् ! ! बिहिवारको दिन थियो,  सबेरै आँखा खुले तर बेडमै ढल्केर इन्टाग्राम नियाल्दै थिए । सधै जसो नियाल्ने त्यहि पोफाइल खोजे "रिया  ....." झिनो आशाको त्यान्द्रोले मन टपक्क बाधेको थियो ! यसपटक उस्को पोस्ट सजिलो सँग देख्न सक्थे ।नोटिफिकेसन मा उसको नाम पेन्डिङमा देख्दै थिए ! भनिन्छ नि पर्खाइ पछिको सानो उपलब्धि ले निकै खुशि मिल्छ त्यस्तै फुरुङ थिए ।
केहि समय उस्कै पोफाइलमा हराइरहे , हरेक तस्विर सुन्दर थिए अझ भनै मन्द मुस्कानले भरिएको थिए । कालो पाइन्ट , सेतो कालो चेक टिसर्ट माथि स्काफमा निकै सुन्दर देकिएकि थिइ !

            त्यस्तै बिहानको ९ बजेको थियो! किचनमा कफि बनाएर पहिलो सिप लिदै मोबाइ फेरी हेरे । उसको नामको अन्त्यमा हरियो बत्ति बलेको थियो । एक मनले सोच्दै थिए म्यासेज गरु , अर्को मन भन्दै थियो किन हतार गर्नु ! कयैँ कोसिस पछि हजारौँ आशले भरीएको पहिलो टेक्स लेखे "hlw"  ........ केहि समयको प्रतिक्षा पछि रिप्लाइ आयो "hajur" , " how are you ?" ," Do you know me?", "how" ,"yes" त्यसपछिका उसका हरेक प्रश्नले मलाइ बहाना बनाउन बाध्य बनाएको थियो ! उसलाइ पहिले बाटनै चिनेको जस्तो बहाना बनाउदै थिए ! त्यो दिनको च्याट त्यतिमै सिमित रह्यो !

                 दिउसो भर  यत्तिकै बित्यो , साझ घर नजिकैको जमघटमा जानु पर्ने थियो  ! साझको ६ बजेको थियो , फेरी म्यासेज गरे ! रिप्लाइ कुरीरहे तर आश नियतिमा भने बदलिएन,  मन खिन्न भयो ! जमघटमा सबैजना झुम्दै थिए तर म त्यहि रिप्लाइ हेरीरहेको थिए ! "बाबु हुइस्कि खाने" समिर  दाइले सोध्नु भयो "हस" भने पहिलो प्याक एक स्वाटमा खाए अनि "अर्को प्याक राख्दिनु " ,,"बाबु तिमि ठिकै त छौ नि?" " ठिकै छु " ,दाइ कता लाग्नु भयो त्यति ख्याल नै गरेन ! मदिराको मातमा निकै मातिएछु क्यारे त्यस पछिको केहि पनि याद नै भएन। कुनै पिडा यस्ता हुन्छन जसलाई सिरिफ सहन सकिन्छ तर कसैलाई सुनाऊन सकिदैन ,त्यस्तै निशब्द भएको थिए।

             रातको १२ बजेको थियो बिस्तारामा गर्ल्याम लढे ,कतिबेला निन्द्रादेविको काखमा पुगेछु पत्तो नै पाएन।  शुक्रवार अफिस बिदा भएकोले अबेर सम्म सुतेछु। ९ बजे आखा खुल्यो , मेरा हातहरु बिस्तारै मोबाइलको स्क्रीन मा अडिए ,अहिले सम्म उसको केहि म्यासेज थिएन।  मन विछिप्त भयो।  अघिल्लो रातमा हुइस्किले बल्लतल्ल जोडेको मन फेरी चिरा पर्यो। प्रेम अपरिचित थियो तर सबै चिने जस्तो लाग्दै थियो। बर्शात पछिको तारमा झुण्डिएको पानीको थोपा जस्तै एक्लो महसुस गर्दै थिए ,नितान्त एक्लो।

             उसले प्रवासमा नर्शिङ्ग अध्यन गर्दै थिइ .घर चै बुटवल रहेछ  , सम्भवत त्यो दिन घरमा गएकी थिइ होला। उसको म्यासेज आयो , लेखेको थियो "हिजो बाबा मामु संग बोल्दा बोल्दै निदाएछु ". उसको लागि निकै सहज लाग्दै थियो , हुन पनि जटील लागोस पनि त कसरी। म जस्तो मान्छेको कमि कहा थियो होला र उसलाई। गन्तब्य कहा सम्मको हो त्यो त थाहा छैन तर उस तर्फको पाइला निरन्त अघि बढी रहेको नै छ। हरेक मान्छेको जिन्दगीमा कोहि मान्छे झिनो आशा बोकेर आउछ भने जस्तै मेरो जिन्दगीमा झिनो आशा बोकेर आएकी थिइ "प्रीय रिया गौतम । .. "

              उसको रिप्लाई औषधि  जस्तै लाग्थ्यो बिहान एउटा अनि साझ , एकछिन भनेर एक दिन पुरै हराउथी। केही दिन सम्पर्कविहीन हुँदैमा कुनै प्रेमसम्बन्धहरु टुट्छन् भने त्यस्ता सम्बन्धहरु टुटेकै राम्रो।जो व्यक्ति आफ्नो प्रेमको खातीरधैर्य गर्न सक्दैन भने उनीहरुले प्रेम गर्छन् भनेर कसरी विश्वास गर्नु।  म धैर्य गर्दै थिए. उसका पोस्ट हरु चहारेर लगभग भ्याएको थिए। केहि दिन पछी फेरी म्यासेज गरे उसले रिप्लाई गरी " म दिदीको बिहेमा  छु  पछी कुरा गर्र्छु " . उसको पछी कहिले हुनेहो त्यो सायदै कसैलाई थाहा थियो होला।  म "हस " भने अनि बाहिरीए।  

              आसै आसमा दिन बित्दै थिए।  एक मन भन्दै थियो "पिर नगर भाग्यमा लेखेको कसैले मेटन अनि खोस्न सक्दैन" त्यो त भगवान् लाइ  थाहा होला उ के मा लेखिएकि छ। त्यसैत ब्यस्त  उ त्यसमाथि १० घण्टा जसो समयको फरक , उसलाई भेट्न सजिलो थिएन। शनिवारको दिन थियो।  चिसो मौसम भएकोले कौशीमा बिहानको  घाममा सेकिदै  थिए।  म्यासेज बजेको थियो खासै वास्था गर्न मन  लागेको थिएन। एप्पल वाच भाइब्रट भयो , हात माथि गरे उसको म्यासेज रहेछ।  त्यो दिन निकै लामो कुरा भयो।  मेरो परिवार को वारेमा उसलाई सुनाए अनि उसको पनि सुने। त्यो दिन उसलाई झुट बोलेको पनि सुनाए , पहिले बाट नचिनेको सुनाए।  उ भन्दै थिइ सुरुवात नै झुट बाट गर्नुभयो के बिश्वास गर्नु र अब।  त्यसको केहि जवाफ थिएन , निशब्द भए। 

                  बिस्तारै म्यासेज बाक्लिदै थियो।  कुनै दिनको सपना बिपनाको समिपमा थियो। अन्धकार रात , कालो बादल , केहि नबोलिएका शब्दहरु र ति शब्द महसुस गर्ने यो मन निरन्तर भागिरहेको थियो।  एक दिन उसलाई जिस्क्याउदै भने "कल गरुम ?", "हुन्छ " डर संगै सुन्दरताले भरीएको बोलीमा "हेल्लो " , "के गर्दै छौ ?", "यत्तिकै बिस्तारामा पल्टेको ,अनि हजुर ?", उसंगको हरेक संवादले उ प्रतिको सम्मान अझ बढिरहरको थियो। एक सिनियरले उसको बारेमा लखेको एक वाक्याशले मेरो मन पानी पानी भयो।  धन्यवाद भगवान उ केहि लेट आइ तर केहि लिएर आइ। …. 

                जब उ मेरो जिन्दगीमा आई ,त्यस उप्रान्त मैले आफुमा सितलता महसुस गर्न थाले। सायद कल्पना भन्दानी धेरै मिठो हुदो रहेछ माया।  उसलाई देख्न साथ मेरो मनको पिडाहरु हल्का हुने  गर्थ्यो।  ऊ सँग को सामिपिएताले मलाई बेग्लै आवास दिन थालेको थियो। उसलाई सम्झेर घन्नटौ समय बितेको पत्तै पाउदिन थिए . साचै उ औधी राम्री थिइ ,उसको मन, उसको ब्यबहार, परिवार प्रतिको  जिम्मेवारी साच्चै सराहानिए थियो ।उसलाई एक पल नदेख्दा छ्टपटाहस महसुस हुन्थ्यो। उसलाई देख्ना साथ मुसुक्क हास्थे। ऊसको खबर सोध्ने बानिले मलाई सिथिल बनाएको थियो।उसको हरेक बानी व्यबहारले मलाई मायको गहिराई सम्म पुराएको थियो। तर विवस थिय , आफ्नो मनमा भएको उ प्रतिको ससम्मान ,माया अनि छटपटाहट उसको अगाडि कहिले व्यक्त गर्न सकेन।  उसाको मनमा म प्रति के थियो उसलाई नै थाहा होला , तर जे थियो मिठो अनि प्यारो थियो। 
              चिसो मौसम , छेउमा कफी अनि ,"The last letter from your lover" . बिहान बाल्कोनीमा बसेर बाहिर नियाल्दै थिए।  मोबाइल बज्यो , रियाको कल रहेछ। एक झट्मा "सुन्नु न ","भन किन के भो? तिमि ठिक त छौ  नि ?", "म ठिक छु तर हतारमा छु , विक्षिप्त छु अनि टुटेकि छु" , "के भयो ?" उ सुक सुक  गर्दै रोहिरहेकी थिई। " भन के भयो ?" म दोश्रो पटक उसलाई सोधिरहेको थिए।  उ आनाकानी गरेको प्रस्ट बुझिन्थ्यो।  " मेरो................." , "के तिम्रो ?", घुक्क गर्दै रुदै थिइ।  "मेरो घरमा बिहेको कुरा चल्दै छ, यस पटकको अलि सिरियस लाग्दै छ , मलाइ त्यो संग बिहे गर्न मन छैन , यदि तपाइँ माया गर्नु हुन्छ भने केहि गर्नुस् ", " केहि हुदैन , पहिले तिमि कुल बन त", "मजाक लागिरहेको छ हो ?", "मजाक होइन , पहिले तिमि कुल बन अनि कुरा गर्ने।" , "केहि गर्न नसक्ने भए किन मायाको नाटक गरेको ?", "नाटक होइन ", "मलाइ केहि सुन्नु छैन , अब मलाइ कल नगर्नु " उसले फोन राखी।  त्यो कफी , त्यो प्रेमिल स्टोरी अनि बाल्कोनीको बसाइ पुरै फिक्का भयो। जिन्दगीमा कहिले काहीँ सोच्दै नसोचेको  हुने रहेछ,कालो बादल मडारिएर फेरि घाम लाग्ला भने आशमा सुकाइएको कपडा ,छिनभरमै पानी परेर निथरुक भिझ्न केही बेर नि नलाग्ने रहेछ। महिनौ देखि उनेको सपनाको माला एकै छिनमा छिया छिया भयो। 

   
               यात्रा हो जिन्दगी भेटिएका छुटिन्छन अनि छुटिएका भेटिन्छन । केहि समय पछि उसलाई फोन गर्न लाखौ कोशिस गरे तर सफलता हात लागेन।  मन  विक्षिप्त  भयो।  उ संगका हरेक संवाद याद हुदै थियो।  मसानघाट मा जल्दा जल्दै उछिटियको मुढा जस्तै सोफामा लढिरहे। आज , भोलि गर्दै दिन बित्दै थियो तर उसको अत्तोपत्तो थिएन। उसको Good Morning बाट सुरु हुने मेरो दिन एक कहानी बन्दै थियो। रियाको मिल्ने साथि मोनिका संग कहिलेकाहिँ बोल्थे।  मोनिकालाई text गर्न मन लाग्यो , तर के भनेर गर्ने ? उसले के भन्छ होला ? यस्तै हजारौ अनुत्तरित प्रश्न ले अझ बढी सिथिल भैरहेको थिए। दिलका भित्ता पनि फाटदै गए ,सायद उनको याद लाइ थाम्न नसकेर होला।  शनिवारको दिन थियो , काउचमा बसेर कफीको सिप सँगै फेसबुक स्क्रोल गर्दै बसेको थिए।  मोनिकाले प्रोफाल पिक्चर चेन्ज गरेकी रहेछ। ओरेन्ज कलरको सारीमा गोल्डेन ब्लाउच निकै राम्रो देखिएको थियो।  कमेन्ट लेखे "Elegant " ,"thank you " म्यासेन्जर खोले अनि text लेखे "तिमीसंग काम छ के तिमि फ्री छौ?" ,"एकछिन ल ", "हस् " . एकछिन भनेकी उ बिलिन भइ। फेरी एकपटक मन टुट्यो। 

       करिब ५ दिन पछि " सरि मिलन एक छिन भनेको बिर्सेछु , कता कता बिजी भएछु ", मलाइ त्यो समय केहि बोल्न मन थिएन।  म्यासेज सिन  गरेर छोडे।  आधा घण्टा पछि " are you there ", "yes भन " , उसले कल गरी " सन्चै हुनुहुन्छ ? के गर्दै  ? Disturb त गरेन ?" ,"छैन छैन , भन न ",मेरो सबै ठिक छ। ", "रिया कहाँ छ ?, उसको फोन लाग्दै, ठिक त छ नि? " उ हासी ,"अ ठिकै छ उसको , आजकल कुरा हुदैन र ?", थाहा नभय जस्तो बहाना  गर्दै थिइ। मोनिकालाई सबै कुरा सुनाए।  उसले रियाले भनेको कुरा सत्य प्रमाणीत  गरी। "रिया फेसबुक ,ईन्स्ताग्राम , भाइवर सबै तिरबाट कट अफ भएर बसेकी छ ,उ केहि चलाउदैन , खासै कसै संग पनि बोल्दैन , मिलन हजुरको फोटो हेर्दै अबेर रात रोएको कतिपटक देखेकी छु  तर उ कसैको सुन्दैन " . मन थाम्नै सकेन ,आखा बस बर्सिरहे।  सायद गिन्दगीमा आफुलाई पहिलोपटक यति कमजोर महसुस गर्दै थिए। आफैलाई प्रश्न गर्दै थिए " सुरुवात गरेर किन अन्त्य गर्न सकेन , जब उसलाई सबैभन्दा बढी मेरो जरुरत छ तर पनि म किन रमिते बन्दै छु " . त्यो मान्छे जिन्दगीमा हुनु नहुनु को कुनै अर्थ रहदैन जो दुख पर्दा सधै तर्केर हिडने गर्छ ।  म त्यस्तै भएको थिए उसको लागि। 

            अफिसमा सिक लिभ लिएर बसेको थिए।  सोमबारको दिन थियो। बिहान ९ बजे तिर मोनिकाले फेरी फोन गरी।  " भन मोनिका ", "मिलन रिया  म संग छ ", फोन देउन उसलाई ", "मिलन  ……  हजुर कहा हुनुहुन्छ …… म पनि हजुर संगै जाने ………  बिचबाटो मा किन छोडेको ? ……… के म तपाइको मायाको  लाएक छैन र ……हुक्क…हुक्क  रुदै थिइ।  म संग त्यसको केहि  जवाफ थिएन सुन्नुको सिवाए। "रिया म कतै गएको छैन , तिमीलाई बीच बाटोमा छोडेको छैन , म छिटै आउछु नेपाल "., "कहिले हो छिटै भनेको मेरो इन्गेजमेन्ट पछि ?" ,"मिलन मेरो माघको ३ गते इन्गेजमेन्ट गर्ने तयारी हुदैछ घरमा , अझै १० दिन बाकि छ हजुर नेपाल आउनुहोस , हजुर आउनुभयो भने घरमा म आफै लिएर जान्छु। " ,"केटा कहाको ?" , "बाबाको मिल्ने साथीको भिनाजुको छोरा हो रे अस्त्रेलिया बाट आउदै छ रे ", "तिमि के भनेको छौ घरमा ?"," अहिले बिहे नगर्ने ,बल्ल third year सकियो नेशिङ्गको, तर बाबाले उ नेपालमा धेरै बस्दैन रे केहि हुदैन भन्दै हुनुहुन्छ , केटा ठिकै छ छोरी भन्नु हुन्छ म के गरम ?", "म घरमा मामु संग कुरा गर्छु अनि तिमीलाई भन्छु , २ ३ दिन देउ मलाइ " फोन राखे।  फोन राखेपछि निकै बेर सोचे। 

             साझा मामुलाई फोन गरे " ममी सन्चै हुनुहुन्छ ?", "ठिक छ , तेरो के छ ?", "मामु रिया……… ", "को रिया ? के भयो भन  न ?, "ममी रिया को घरमा बिहेको कुरा हुदै छ रे ","अनि के भयो त तलाई साथीको बिहे हुदा ?नेपाल आउन मन लाग्यो ?","ममी रिया मेरो साथि मात्रै होइन गर्ल्फ़्रेड हो ", "के भन्छ ","हो मामु , उसको बिहे हुदै छ , म नेपाल आउछु ","यत्तिकै हुन्छ बिहे जस्तो कुरा हेराउने जुराउने गर्नु पर्छ अनि लगन पनि हुन् पर्यो ", "ममी केहि हेराउन पर्दैन ","यत्तिकै जिद्दी गर्ने होइन , के गर्ने के नगर्ने मलाइ थाहा छ , के केटि त्यो मात्रै छ र ?" ममी अलि कडा स्वाभावको हुनुहुन्थ्यो। "उसको चिनाको नाम मागेर मलाइ दे ", "हस " फोन राखे।  मोनिकालाई फेरी फोन गरी रिया लाइ दिन भने।  उसको वृस  राशि  रहेछ। फेरी मामुलाई फोन गरे "मामु वृस राशी , वविता हो रे नाम ", "ल म पण्डित लाइ फोन गर्छु " ममीले फोन राख्नु भयो। 

          उता रिया मेरो प्रतिक्षामा थिइ , म  मामुको। प्रतीक्षा कति कायर अनी निर्दयी हुन्छ त्यो भोग्ने मान्छेलाई मात्रै थाहा हुन्छ। दुइ दिन पछि मामुले फोन गर्नु भयो " कहा छस ?" , "घरमा छु किन र मामु ", "चिना गुराएको बिहे चै जुर्छ रे तर बैशाख  पछि मात्रै , अहिले राम्रो छैन रे ","ममीको त्यो कल ले निरासाले भरीएको मेरो मनमा आशाको दियो बालेको थियो।  महिनौ पछि खुशी हुने बहाना पाएको थिए।  रियाले पनि भाइबर चलाउन थालेकी थिइ। रिया लाइ फोन गरे " सानु तिमि कहा छौ ?" , "डिउटी  जान फाइल रेडि गर्दै छु , किन र ?" , मामुको सबै कुरा सुनाए।  "मेरो इन्गेजमेन्ट माघमा हुदैछ बैशाखमा बिहे गर्छु भनेर हुन्छ ?, मजाक लाग्दै छ है तपाइँ लाइ "? उ रिसाई म संग अनि फोन काटि।  फेरी फोन गरे अफ थियो।  बेजोड हावा हुरीको बिचमा बलेको दियो पनि धिप धिप गर्दै निभ्न ठिक्क थियो। उसको फोन  अफ गर्ने बानीले निकै परेसान भएको थिए। 

           दुइ दिन पछि फेरी मोनिकाले फोन गरी। "के गरेको यस्तो , कुरा सटआउट  गर्ने  बेलामा झगडा मात्रै गर्ने हो ?, केटीलाई कति गाह्रो हुन्छ थाहा छ कोहि संग जोडिएको नामको दाग हटाउन , थाहा छ ?" उसले प्रश्न गरीरहेकी थिइ।  सायद उसलाई थाहा थिएन रियाले कुरा नै नसुनी फोन अफ गरेको।  म केहि जवाफ दिएन।  "रियालाई देउ फोन ", "रिया मिलनको फोन , ला बोल सबै कुरा सट आउट गर्ने , साझ बाट म संग रुने होइन , मजाक चल्दै छ यार " , "भन्नु ", "किन फोन अफ गरेको ", तिम्रो यहि बानि मलाइ मन पर्दैन भन्ने थाहा हुदा हुदै त्यहि गर्ने तिमि ?" कुरा नसुन्ने म कि तिमि ?, सबै कुरा जिद्दी गरेर हुन्छ ? थाहा छ कति भयो माइण्ड डिस्टव भाको ?", "हजुर लाइ मात्रै भएको छ नि खुप ", "अनि के त", "नरिसाउनु सरी अब गर्दैन " , "मामुको नम्बर देउ "."किन र नाइँ नाइँ मलाइ डर लाग्छ ", उसलाई नम्बर मग्न भन्दा पहिले रियान लाइ फोन गरेको थिए।  उसले निकै सपोर्ट गर्थ्यो।  सबै कुरा भाइ मार्फत रियाको मामुलाई सुनाउन लगाएको थिए।  मामु निकै कुल हुनुहुन्थ्यो, तर बाबा अलि हटी।  

               राति करिब ११;३० भएको थियो होला , म   सुतिरहेको थिए रियाले बारम्बार कल गरेकी रहेछ तर म थाहा पाएन।  १५ मिसकल पछि फोन रिसिभ गरे।  "मिलन राम्रो  कुरा सुनाउछु ,उठिसो अनि बत्ति बालेर भिडियो अन गरिसो ", महिनौ पछि रियाको बोली नर्मन लाग्दै थियो।  उसको बोलीमा मायाले धपक्क ढाकेको थियो।  "ल भन ", "स्माइल गरिसो न "., "बच्चा  जस्तो नगर न  ", आज मात्रै होइन सधै हजुरको बच्चा बन्न मन छ ", म हासे।  "त्यो म संग बिहे गर्न आउने केटा को आफन्ती बित्नुभयो रे अब बिहे नगर्ने रे ", त्यो सुन्दा बरर आशु झर्यो।  निभिसकेको दियो मा एक्कासी लेल पर्दा दन्केको जस्तै खुशी दन्किएको थियो।  " ल ठिक छ राम्रो भयो ". सायाद मान्छेलाई यसै स्वार्थि भनेको होइन होला।  उता आफन्त गुमाउदाको पिडा , यता हामि त्यहि पिडामा रमाइरहेछौ।  त्यसैले त भन्छन होला कसैको आशुमा कसैको खुशी जोडिएको हुन्छ। 

       अर्को दिन बिहानै रियालाई फोन गरे।  उसको डिउटि अफ थियो।  करिब ५ घण्टा जति कुरा भयो।  रियालाई म आफ्नो मामुलाई तिम्रो घरमा बिहेको प्रस्ताव लैजान लगाउछु हुदैन भनेर सोधे।  "हस यहि टाइम हो हामि केहि गर्नु पर्छ ","हुन्छ म चैत्रको लास्ट मा नेपाल आउछु अनि परिवारको सहमति मै बिहे गर्ने ", "हस ", उसले फोन राखी।  परिवारको बिचमा सबै कुरा भयो।  उसको बाबा अलि खुशी हुनुहुन्थेन।  तर पनि बिहे लगभग फिक्स भयो।  म march  २४ मा नेपाल हिडे।  चैत्रको २८ गते मामु बाबा संग उसको घरमा जाने तय भएको थियो। मंगलबारको दिन थियो।  बिहानै उठेर रेडि भए।  सेतो  सर्ट , निलो ब्लेजर , निसो पाइण्ट अनि कालो सुज लगाएको थिए।  अलि बढी नै नर्भस भएको थिए।  रिया लाइ पनि पहिलो पटक भेट्दै थिए। करिब ९:३० बजे रियाको घर बुटवलमा पुगियो।  घर नजिकै पुग्दा उसलाई फोन गरेर पुग्न लागेको बताएको थिए।  रिया बाल्कोनी बाट बाहिर नियाल्दै थिइ।  उसले टाढै देखेर मुस्कुराई। पहेलो कलरको सुट अनि त्यस्तै सलले छाती छोपेकी थिइ , उ निकै सुन्दर देखिएकी थिइ।  पहेलो मेरो मन पर्ने कलर उसलाई थाहा थियो त्यसैले प्राय त्यस्तै कपडा लगाउथि उ।

         पारिवारिक कुरा चल्दै थियो।  उ मेरो सामुन्ने बसेकी थिइ।  हामि आखा आखाले कुरा गर्दै थियौ।  त्यहा बाबा मामुको उपस्थिति पनि खासै ख्याल गरिएन क्यारे।  एक्कासी "बाबु छोरी पाल्न सकिन्छ नि ?" , रियाको बाबा ले सोध्नु भयो। म केहि बोलेन।  रियानले "सकिहाल्नुहुन्छ नि बाबा पनि , अनि दिदि ,पनि त्यति कमजोर कहा छ र " , सबै जना हास्नु भयो। बिहे बैशाखको १७ गते गर्ने तय भयो।  त्यो बिचको १५ दिनमा कयौ पटक रियालाई छोड्न प्रवास पुगेको थिए।  लाखौ उतार चडाब , जोडिने र छुटिने बिचमा पुगेको हाम्रो सम्बन्ध फेल ल्याण्ड हुदै थियो। सबै जना खुशी थियौ।  उसले BSC nurshing  सकेर मास्टर्स गर्दै छ।  

        हरेक सम्बन्ध आफैमा युनिक हुन्छन।  भनिन्छ नि सजिलै  पाएको कुनै कुराको पनि महत्व अलि कम हुन्छ रे। प्रतिक्षाको फल मिठो अबश्य हुन्छ तर त्यो प्रतीक्षा गर्ने हिम्मत जो कोहिमा कहा हुन्छ र।  धेरै देखेको छु त्यस्ता सम्बन्ध हर जुन जात र  चिनामा आएर रोकिन्छन, त कति बाबा मामुको अगाडि बोल्न नसकेर।  भिरमा फुलेको फुल टिप्न कहा सजिलो हुन्छ।  हिम्मत कहिले हार्नु हुदैन।  प्रेम पाउनु मात्रै त कहा हो र।  रोमियो ,जुलिट  र राधा कृष्ण को प्रेम गुमादा पनि सबैको आदर्स भएको छ।  सबैको जय होस। 

         

      

      
      

Tuesday, May 7, 2019

प्रीय एलिना

अरु दिन भन्दा केहि बिशेस दिन थियो।  सबै जना बिहेमा जन्त जान सिगारपटार गर्दै थिए , आफन्तहरु आउने क्रम चालिनै रहेको थियो। म दुलाहाको गाडि सिगार्ने , घरको सजावटमा अलिक ब्यस्त थिए।  घडीले १० बजाइसकेको रहेछ , सबै जना जन्त जानको लागि ठटिएका थिए , मेरो भने केहि सुरसार नै थिएन।  मामु ले भन्दै हुनुहुन्थ्यो "छिटॊ रेडि गर सबै जना भ्याइसके" ,"हुन्छ " भनेर म आफ्नो कोठा तर्फ लागे। सेतो सर्ट फिक्का निलो कलरको सुट अनि ढाकाको टाइ अनि ढाकै टोपी र कालो जुत्तामा म पनि ठाटिए।

सबैजना आ आफ्नै धुनमा व्यस्त थिए , कोहि धेरै पछि भेटेका आफन्त सँग भलाकुसारी गर्दै थिए त कोहि फोटो मै व्यस्त थिए। म  भने दाई लाइ तयार गर्नमै व्यस्त थिए।  हल्का रातो कलरको ढाकाको सेटमा दाइ निकै हेन्सम देखिनु भएको थियो , कोहि भन्दै थिए बेहुलीले नचिंलिन , कोहि के हो कान्छो यस्तै यस्तै , दाइ मुसुक्क हासेर टारिदिनुहुन्थ्यो। करिब ११;४० बजेको थियो बिहे पुर्व गर्नु पर्ने कर्मको लागी तयारी हुदै थियो।  बाहुन बा ले समय ,दिशा  लाग्न सबै जुराउनु भएको थियो , भन्दै हुनुहुन्थ्यो 'ल उत्तम साइत आयो अब ढिला गर्नु हुदैन' बहिनीले दुबोले उनेको माला दाइको घाटीमा पहिराई , आमाले सगुनको दहि खुवाउनु भयो अनि आफन्तको आशिर्वाद थाप्दै दाइ गाडिमा बस्नुभयो।

म दुलाहको गाडीको अगाडी अगाडि बाइकमा हुइकिए। सबै जनालाइ बुटवलको  मिलनचोकमा भेट्ने उर्दी गरेको थिए। मेरिल्याण्ड पर्टिप्यालेस मा बिहे गर्ने तय भएको थियो।  बेहुली पक्षका बेहुला स्वागतको लागि तयारी अवस्थामा देखिन्थे , हामि पनि पन्चे बाजाको तालमा नाच्दै अगाडी बढिरहेका थियौ ,  सालिहरु जुत्ता लुकाउनको लागि तयारी अबस्थामा थिए।  हामि अलारे केटाहरुको हुल पनि ठुलो नै थियो , केटाहरु साली जिस्क्याउन सुरु गरीसकेका थिय।  मेरो नजर भने छेउमा उभीकी , पहिलो कुर्ती र जिन्समा सजिएकि सुन्दरी संग पुगेर एकटकले अडियो।

सबैजना खाना खानको लागि आ  आफ्नो हुल बाध्दै थीए।  म  अनि पवन अलि पछी जाने भनेर बसिरहेको थियौ। नजिकै भैयाले पानीपुरी बेचिरहेको थियो।  म त्यहि पहेलो कुर्तिवालिको खोजीमा थिए , उ त्यहि पानिपुरीको गोलचक्करमा दिखीइ।  म "पवन हिड न त्यहा पानीपुरी खान जाम " , "ह्या दाइ सबै केटी मात्रै छन् के बेजत गर्न जानु ", "त्यहि त मजा छ" ," दाइ कोहि मन पर्र्यो  ?" , "दाइलाई नाजिस्क्या न " भन्दै पानीपुरी तर्फ लम्किए, पवन पछि पछि आयो।  उ साथीको गफमा निकै  मस्किएकि थिइ उसका नयन  अनि दंतेलहर देख्दा लाग्थ्यो बर्षौ पछि यति सुन्दर केहि ,देख्दै छु। जहा गएर कोहि फर्कन मान्दैनन नि हो त्यहि जान मान लागेको थियो "उसको मुटु  " .

खाना खाइओरी सबै जना नाच्ने भनेर हल्ला गरीरहेका थिए।  बेहुला पक्ष र बेहुली पक्षको दोहोरो नाच चलिरहेको थियो। कोहि भन्दै थिए दुलाको भाइ आउन पर्यो म भने सुनेको नसुने गरीरहेको थिए , मामाले "भान्जा रेनभ ल आइदिन पर्यो " भन्दै हुनुहुन्थ्यो , म पनि के कम सर्त राखे "पहेलो कुर्ता वाली आउने भए रेडि ल " ," हुन्छ " उ आगाडी आइ अनि म पनि।  "बाग्लुङ्ग कालिका..........................................." बजिरहेको थियो।  केहि समय पछि "तिम्रो के नाम ?" ,"एलिना" , "पछि के " ,"पौडेल ", "अनि हजुरको ?"," रेनभ आचार्य" ,"भाउजुको के पर्ने ?" '"मामाको छोरी" ,"घर कहाँ ?" ,"चितवन"  यत्तिकैमा उ " म निकै थाके "," त्यसो भए नाच्न छोडेर ice cream खान जाने?" ,उ  केहि बोलिन।  म नाच्दा नाच्दै  त्यति सोध्न भ्याएको थिए।  कोहि भन्दै थिए नाचेको हो कि  गफ गरेको , तर म केहि वास्था नै गरेन ।

 उ साथीहरु सग बसिरहेकी थिइ , पवन  म  जुत्ताको वार्केनिङ्ग  गर्ने  भन्दै उनिहर तर्फ लम्किरहेका थियौ , तर उसले खासै वास्था गरेकी थिइन।  दीक्षा अनि पवन जुत्ताको मोलतोल  गर्दै थिए। म भने उ संग बोल्नको लागि बाहना खोजिरहेको थिए।   म " नजाने त अनि"  , "कहाँ " उ बोल्न मन नलागे जसरी बोलिरहेकी थिइ। "दिक्षा गए जान्छु " ,  दीक्षाले सहमति जनाई , हामी ४ जना नजिकै को ब्ल्याक फ़रेस्ट्मा गयौ।  बेकरी  सपमा हामि करिब २ घण्टा बसेका थियौ होला।  त्यहि बसाइमा आफु अमेरीका बाट दाइको बिहेको लागि आएको बताए , उसले BANGLORE  मा BSC  NURSING दोश्रो वर्ष पढ्दै गरेको सुनाइ।  पारिवारीक पृष्ठभूमिको बारेमा निकै कुरा भएको थियो। त्यहि नै हामि FACEBOOK मा कनेक्ट भएका थियौ।  मोबाइल नम्बर दिन उसले अस्वीकार गरी।

दिनभरको घटना क्रम बिस्तारै नियाल्दै भोलिको बारेमा सोच्दै निन्द्रादेविको प्यारो भएछु। बिहानै उठेर उसलाई कल गर्ने धेरै पटक ATTEMPT गरे तर हिम्मत नै जुटेको थिएन।  जनतन हिम्मत गरे र म्यासेन्जरमा फोन  गरे , लामो रिङ्ग पछि उठ्यो। "हेल्लो,गुड मर्निङ ।"  उ मज्जाले हासी ,अनि म पनि हासिदिए।अनि फेरि मैले भने,"कति मीठो हासो छ तिम्रो, जिन्दगिको हरेक विहानमा तिमिलाई यसरी नै हसाउन पाउ अनि तिम्रो मीठो हासो यसरी नै सुनिरहन पाउ।", " मख्ख पार्न कति जानेको" , उठ्नु पर्दैन ", "एकछिन सुत्छु हुदैन ?", " के बच्चा जस्तो गरेको उठ अब  " , "हस पछि फोन गर्छु  ", उसले फोन राखी।

मन पर्नु र माया गर्नु फरक कुरा हो ,गमलाको फुल मन पर्नेले टिपेर हिड्छन माया गर्नेले पानि हाल्दिन्छन्।  मलाइ धेरै मलजल गर्न मन लागिरहेको थियो , अझ भनौ आवश्यक तत्व सबै  एकैपटक हालिदिउ , अर्को मन भन्दै थियो हतार किन ? आफै भित्र प्रश्न प्रतिप्रश्न गरिरहेको थिए , साझको ७ बजेको थियो , पुन कल गरे , " तिम्रो एकछिन भएको छैन अझै ?", " कता कता बिजी  भएछु बिर्सिय" , ठिकै छ " , करिब १५ मिनेट लामो कलमा  म केहि दिन पछि अमेरीका फर्किने सुनाए , उ ४ दिन पछि नै banglore  जाने  सुनाइ।  म यहि बिचमा कतै भेटौन भनेर फरक प्रस्ताव गरे , उसले सोचेर पछि भन्छु भनेर फोन राखी। 

दुइ दिन पछि म्यासेज आयो , लेखिएको थियो " भोलि चितवन आउनु , म  तपाइलाई कतै नयाँ ठाउमा लैजान्छु " , म कतै केहि नसोची हुन्छ  भनिदिए। सोमबारको दिन थियो बिहानै घरबाट साथि भेट्ने बाहना गरी चितवन तर्फ लागे।  ११:४० बजेको थियो, "दाइ चितवन आयो झर्नुस ल"  खलासी भाइ बोलाइरहेको थियो ढोका बाट। उसको फोन नम्बर म संग थिएन।  झटपट म्यासेज्नर खोले तर उ अन थिइन् , मन खिन्न भयो। चोखो माया त तेस्लाइ भनिन्छ जब हामी करोडौं को भिड मा पनि एउटा लाई मात्र खोजिन्छ , उसलाई त्यहि भिडमा खोजिरहे अह कतै देखेन। धमिलो पानी र धोका खाएको प्रॆमि  जस्तै मलिन  भए। 

त्यस्तै १ घण्टा पछि नयाँ  नम्बर बाट फोन आयो , एलिनाको रहेछ " कहाँ हुनुहुन्छ ?", " पुलचोक" , " एकछिन बस्दै गर्नु म आउदै छु" , रिसले चुर भएको थिए तर पनि " हस " भनिदिए।  उ रातो कलरको स्कुटि कालो पाइण्ट ,कलेजी कलरको टिसर्ट मा निकै सुन्दर देखिएकी थिइ , मुसुक्क हासी अनि " बस्नुस " , " कहा लाने हो? "  "खुरुक्क बस्नुस न " , म केहि नबोली पछाडी बसे।  उसको स्कुटि बिसहजारी ताल नजिकै रोकियो।  " लडाउछ   जस्तो लागेको थियो " जिस्क्याए म , " तपाइँ जस्तो त कति बोकेकी छु" , " कति नाम्बरमा परे म?" , "छ्या हावा " , उ मुसुक्क हासी। उसको मन्द मुस्कान सबैभन्दा प्यारो लाग्थ्यो ।  न केही पीडा थियो.....न त कसै सङ बिछोडिनुको डर...साच्चै मायामा फस्नु अघिको निन्द्रा गज्जबको मीठो थियो । 

साझ ६ बजे तिर उसले मलाइ पुल्चोक बाट बिदाइका हात हल्लाउदै थिर , म भने आखाले भ्याउन्जेल उसलाई हेरीरहेको थिए , केहि क्षणमै उ क्षितिज पारी भइ।  उसको बंग्लोरे जाने दिन थियो , केहि समयको लागि भैरहवा रोकिनको लागि आग्रह गरेको थिए। करिब ३ बजेतिर सुनौली बोडरमा उसलाई बिदा गर्दा निकै नरमाइलो लागेको थियो।  उसलाई कसिलो गरी हग गरे अनि " राम्रो संग जाउ ल , पुगेपछि कल गर्नु , आफ्नो ख्याल गर्नु" , उसको गह भरिएको थियो अनि मेरो पनि कम थिएन तर जेनतेन म्यानेज गरेको थिए। उसको माया मिलोस कि नमिलोस जाने बेलामा निकनेम दिएकिथिइ " हावा ", " हजुर पनि आफ्नो ख्याल गर्नु"

केहि समय पछि म पनि अमेरीका फर्किए। हरेक दिन जसो फोनमा कुरा हुन्थ्यो।  अचम्मका प्रश्न गर्थी” ,एकदिन उसले सोधी “मलाई कति माया गर्नु हुन्छ हजुर ?” उसले त्यसरी सानो बच्चाले झैँ प्रश्न गर्दा मलाई रमाइलो लाग्थ्यो। “थाहा छ नि म कति माया गर्छु तिमिलाइ भनेर सोध्न पर्छ र डल्ली?”उसले जिद्दी गर्दै भनी “भन्नू न के, कति माया गर्नु हुन्छ ?”उसको जिद्दीपना देखि हार खाँदै मैले भनें “धेरै गर्छु हजुर धेरै।”उसले मुस्कुराउंदै सोधी  “कति धेरै ?” मैले जिस्कदै दुबै हात फारेर देखाउँदै भनें “यति धेरै…..। “किन यति धेरै माया गर्नु हुन्छ मलाइ?” ,“खै किन हो, थाहा छैन" ,उसले फेरि जिद्दी गरि “भन्नू न के ", “तिमी प्यारी छौ, त्यसैले माया लाग्छ ” उ केहिबेर सम्म चुपचाप बसेर हेरिरही  अनि बोली “यदि मैले हजुरलाइ छोडेर गएँ भने ?”उसको यस्तो प्रश्नले सोझै मेरो मुटुमा घोच्यो । “के कुरा गरेको यस्तो? के छोड्ने बिचार छ मलाइ ?”मायालु श्वरमा भनि “त्यतिकै सोधेको पो त। सोचेर भन्नू न, यदि मैले हजुरलाइ छोडेर गएँ भने के गर्नुहुन्छ ?” उसको कुराको उत्तर दिन मलाइ पटक्कै मन भएन।उसले यस्ता कुरा सोधेकोमा उ देखि रिस पनि उठ्यो। मैले अँध्यारो अनुहार बनाएं अनि रिसाएको स्वरमा जवाफ दिएं “अर्कि गर्लफ्रेन्ड बनाउछु ।”

एक वर्ष बितेको पत्तो नै भएन , उ दशैमा नेपाल जादै थिए , करिब  एक महिनाको छुट्ट्टिमा।  भन्दै थिइ घरमा सबै जना हुनुहुन्छ त्यति फोनमा बोल्न मिल्दैन होला।  उ नेपाल गएपछि फोन बिस्तारै पातलिदै थियो। सानो सानो कुरामा पनि झगडा हुन थाल्दै थियो।उ  भन्थी" तपाइँ  कहिल्यौ  किन serious हुनुहुदैन खाली jokes मात्र गर्दै बस्नु हुन्छ "  उसको  ओठमा त्यो मुस्कान हेर्न बाहना  मा कति बेला joker बने म आफैलाई थाहा भएन। कहिलेकाहि दुनियासामु स्वार्थी हुन मन लाग्छ,कमसेमकम स्वार्थी भन्दा मन त दुख्दैन स्वार्थी नभई स्वार्थीको ट्याग भिराउदा  निकै नरमाइलो लाग्ने रहेछ ।  म फोन गर्ने कोशिस गर्थे उ भाग्ने , यस्तै लुकामारी चल्दै थियो।
  
एहाबिहानै म्यासेजको रिङ्ग बज्यो , उसको नै रहेछ ," म बंग्लोरे जादै छु ", यत्ति लेखिएको थियो।  रिप्लाई गर्ने मन थिएन भनौ वा सामर्थ्य , केहि रिप्लाई गरेन।  साझ काम बाट फर्किएर म्यासेज लेक्ने प्रयास गर्दै थिए INSTAGRAM मा तर  असमर्थ भए।  मललाई अझै पनि याद छ माघ महिनाको ३ गते साझ ७ बजे तिर उसले मलाइ सबै बाट ब्लक गरेकी रहेछ। तिमी जस्तो कोहि छैन...देखी सुरु भएर त जस्तो कति आए कती गए... को संघरमा उभिन पुग्यो मेरो सम्बन्ध। गलत भन्छन मान्छेहरु
सङ्गतको असर हुन्छ भनेर..दशौ वर्ष  सङ्गतमा रहेको मान्छे धोकेवाज निक्लन्छ के त्यसलाई पनि संगत कै असर मान्ने ? महिनौ मा हुने सम्पर्क पनि ठप्प भएको थियो।  उसले सामाजिक संजालमा ब्लक गरेकी थिइ , फोन नम्वर परिवर्तन। 


बालापनमा लागेको चोट जस्तै  हुने रहेछ जिन्दगिको पहिलो माया...जसको निशान जिन्दगी भर रहिरहने। किन यो मन रोइरहेको छ,भुलेकै छु अतित लाई,किन याद आईरहेछ छुटेकै छ हाम्रो सम्बन्ध, किन माया लागिरहन्छ रितिएकै छ आशु
किन छल्कि पोखिन खोजिरहेछ रोकिएकै छ बर्षा किन ,परेलि भिझिरहेछ एक्लै  छु एकान्तमा किन कोहि आइ सताईरहेछ
हाँसेकै छन दुनियाँ किन यो मन रोइरहेको छ ! मन विक्षिप्त भएको थियो , आफ्नो माया देखेर आफैलाई पागल भन्न मन लागिरहेको थियो। कोहि मान्छे लाइ घिणा प​नि ग​र्न​ न​स​किने हुदा र​हेछ​न ज​ति नै चोट​ दिएर​ टाढा ग​एप​नि भुल्न​ न​ स​किने
त​र​ माया चाइ लागि र​ह​ने, हो उ पनि त्यस्तै थिइ। सबैले भन्छन मायाले जिन्दगिलाई Beautyfull बनाउछ भनेर...तर मलाई उसको मायाले Painfull बनाईदियो...

कलेज अनि अफिस जिन्दगी बिजी बिजी नै चल्दै थियो , उसका यादहरु गहिरो गरी डामिएका थिए।  त्यहि निलडाम बाट उठ्ने प्रयास गर्दै  थिए।  अप्रिल चल्दै थियो मध्य रातमा अनौठो नम्बर बाट कल आयो , Assignment गर्दै थिए त्यति वास्था नै गरेन। फेरी म्यासेज बज्यो " रेनभ म एलिना , please कल गर्नु ल , हजुरलाई धेरै कुरा भन्न  छ ,सबै भन्न मन छ। ", " अहिले राति भयो भोलि गर्छु भनेर म्यासेज गरे।  बिर्सने प्रयास गर्दै गरेको म , उ संग पुन नजिकिन कत्ति पनि मन थिएन। Monday message गरेकी उसलाई weekend मा कल गरे। 

रेनभ मलाइ माफ गर्नु ल, म अरुको कुराको पछि लागेर हजुरको मायालाई बुझ्न सकिन ,उ घुक्क घुक्क रुदै थिइ, मललाई केहि बोल्न नै आएन फोन राकिदिए।  फेरी फोन गरी , यसपटक हिम्मत गरेर सोधे के हो भन ल ? करिब एक वर्ष पछि फोन हुदै थियो , उसको बोलीमा त्यो मिठास र सामिप्यता भेटिरहेको थिएन , त्यसैले त भन्छन होला छुटिएर जोडिएको सम्बन्ध अनि पुन: तताएको चियामा केहि मिठास हुदैन भनेर। दीक्षाले मेरो बारेमा उसलाई निकै नराम्रो सुनाएकी रहेछ , कहिलेकाही सम्पर्क हुन्थ्यो उ संग।  दीक्षा नाताले एलिनाको फुपू पार्थि तर Age उस्तै उस्तै भएकोले दिदि भन्थी म भने सोल्टिना। उसले रेनभ ले आफुलाई मन पराउने , अब हामि छिटै बिहे गर्दै छौ भनेर सुनाएकी रहेछ।  उसले अझै धेरै थप्दै गइ म सुन्दै गए , सबै कुरा सुनिसक्दा लाग्यो के आफ्नो मान्छेले आफ्नो मान्छेलाई नै यतिधेरै घात गर्न सक्छन? दीक्षा संग कहिलेकाही हुने कल सम्झेर धिक्कार लाग्यो।  टुक्रा टुक्रा परेको मुटु जलेर खरानी भयो।  एक पटक आमालाई सम्झीए ,दिल खोलेर रुन सबैभन्दा उत्तम ठाउँ अामाको काख सम्झीए। 
  
उसको BSC  NURSHING  को अन्तिम सेमिस्तर चल्दै थियो , मेरो कलेज पनि  लगभग सकिसकेको थियो , paper present गर्न मात्रै बाकि थियो।  एक वर्ष सम्म  सम्पर्क बिहिन भएकी उसलाई कुनै प्रश्न गर्ने मन थिएन।  एकदिन हतार हतार मा फोन गरे अबको दशैमा नेपाल आउदै छु , तिमि के गर्छौ "? उ पनि नेपाल जाने भन्दै थिइ।  यत्तिकैमा अनौठो प्रस्ताव गर्न मन लाग्यो , अहिले समझदा पनि हिम्मत नै आउदैन खै कसरी भने भनेर। " यहि दशैमा बिहे गर्ने", उ केहि बोलिन फोन काटिदीइ ,फेरी गरे उठेन।  छोडिदिए। 

केहिदिन पछि म्यासेज आयो "हुन्छ , म हजुर संग उकाली ओराली गर्न तयार छु ". मन यसै उडिरहेको थियो।  हरेक कुराहरु प्रीय लाग्दै थिए , त्यो म्यासेज साच्चिकै अमुल्य थियो। ममीलाई कल गरेर सुनाए , ममीले चिना जुराउने , जात गोत्र मिलाउने जस्ता कुरा गर्दै हुनुहुन्थ्यो , त्यो कुराले फेरी मेरो खुशीलाई पानी पानी बनायो।  अन्तत: मामुले सहमति जनाउनु  भयो।  अशोजको १० गते नेपालको लागि उडे। २४ गते बिहे तय भएको थियो चितवनको कुनै पार्टी प्यालेस बाट बिहे धुमधाम संम्पन  भयो। एक महिनाको बसाइ पछि उनलाइ छोडेर म पुन अमेरीका फर्किए। 

 अहिले हामि यहि कुनै राज्यमा छौ।  मायाको चिनो छोरा छ ,सुख दुख जिन्दगी चलेकै छ। जिन्दगीका अनेकौ अबरोध झेल्दै , अबरोध पन्छायौदै  अगाडि बढी रहेको छ।  यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो, विश्वास नै सबैभन्दा ठुलो हतियार रहेछ सम्बन्धमा ,जुनसुकै परिस्थितिमा पनि म उनमा भएको विश्वास लाइ डगमगाउन दिएन।  कुनै समयकी crush , कुनै समय कि girlfriend उनलाई निर्धक्क wife भन्छु।  love you Alina.


घटना र पात्रहरु सबै काल्पनिक हुन् , कतै मिल्न गएमा संयोग मात्रै हुनेछ। 
         

Monday, October 16, 2017

काव्या

माघ महिनाको कठ्याङ्ग्रॆदो जाडो थियो। सिरक भित्र बसेर कम्पुटर को साहराले दिनभरको थकानलाई बिर्सनको लागि सामाजिक संजाल चहारी रहेको थिए। Facebook, twitter म अलि बढि नै प्रयोग गर्ने गर्थे।  यत्तिकैमा Friend Request बटनमा नयाँ Request देखिरहेको थिए तर खोल्नको लागि म संग सामर्थ थिएन भनौ वा इच्छा नै थिएन।
           केहि समय  News Feed  चहारे पछी मनमा कौतुहलता अझ बढ्दै गयो, यो Request कास्को होला? केटा वा केटी यस्तै यस्तै। ……यत्तिकैमा Request बटन तिर क्रसर तेर्साए र खोले .........काव्या पौडेलको रहेछ।  उसको profile खोलेर तस्विर नियाले पछि  Request Accept गरे।  तस्वीर निकै सुन्दर थिए , गहुगोह्रो वर्ण ,र ति नसालु नयनहरुले मलाइ नै हेरेजस्तो लाग्दै थियो।
           एकैछिनमा म्यासेज बज्यो लेखिएको थियो "धन्यवाद मित्रता स्वीकार गर्नु भएकोमा" त्यसलाई रिप्लाई गर्नका लागि केहि समय wait गर्न भित्री मनले निर्देशित गर्दै थियो। दिनभरको अफिसको व्यस्तता र थकान अनि चिसो ले मलाइ निन्द्राको मुखमा धकेल्दै थियो। यत्तिकैमा राती पिउनको लागि एक माग पानि टेवलमा राखेर सुते।          अर्को दिन बिहानको नित्यकर्म सकेर अफिस तिर लागे। करिव २० मिनेटको हिडाइ पछि अफिस पुगिन्थ्यो। त्यो २० मिनेटको दौडानमा  त्यहि Request र म्यासेजको बारेमा सोचीरहेको थिए।  झटपट टेवलमा ब्याग राखेर खल्तीबाट मोवाइल निकाले अनि उसको म्यासेज रिप्लाई गरे।  लेखेको थिए "You must welcome" " but I don't know who you are? म्यासेज उतिबेलै सिन भएको थियो।
           आज साझ कुरा गर्छु भनेर निर्केयोल गरी सकेको थिए।  साझा ८ बजेको थियो हतार हतार  ल्यापटप खोलेर Facebook मा छिरे , उ अनलाइन नै थिइ।  केहि म्यासेज पहिले नै छोडिएको रहेछ " म काव्या पौडेल , घर बुटवल , अहिले यत्ति जान्नु न" म रिप्लाई गरे "OK "..  केहि समयको मौनता लाइ तोड्दै म " अनि तिमि के गर्दै छौ नि ? , मलाइ कसरी चिनेको तिमि?" केहि समय पछि उसको रिप्लाई आयो " म अहिले BDS दोश्रो वर्षमा अध्यनरत छु, हजुरलाई कुनै कार्यक्रममा देखेकी थिए। " त्यो रात हामि अबेर सम्म कुरा गरेका थियौ , जिन्दगीका अनेकौ उतारचडावको भलाकुसारी भएको थियो।  रातको २ बजेछ पत्तो नै भएन। म "अब सुत्नु पर्छ , भोली अफिसमा झुल्दै बस्नु पर्छ फेरी " , "मेरो जाच नजिकिदै छ केहि दिन पछि आउछु अब आफ्नो ख्याल गर्नुहोला" , "हस्" .
         म हरेक दिन जसो उसको Profile चहार्न थालेको थिए।  करीव १५ दिन पछी उसको म्यासेज दिखियो " सन्चै हुनुहुन्छ?" झटपट रिप्लाई गरे "ठिकै छ , कहा हराएको यति धेरै दिन सम्म " , भनेकी थिए त जाच नजिकिदै छ भनेर ","सधै हराउने हो त्यसो भए?" , "चाहाना होइन बाध्यता हो" , "ठिकै छ, तिमि संग बोल्न मन लागे अरु केहि उपाय छ ?" , मेरो नम्बर राखिराख्नु न  ९८४…… , अफ हुन सक्छ धेरै समय त्यहि पनि राख्नु न " , झटपट मिसकल गरे "त्यो मेरो नम्बर हो " , "ल म जान्छु भोली Presentation छ" , "हस् , राम्रो गर". त्यो दिन यत्तिमै सिमित रह्यो तर मेरो मनले अनेकौ प्रश्न गर्न थालेको थियो।
           अर्को दिन करिव २ बजे तिर फोन गरे , निकै कोमल स्वरमा उसले " म एकछिन ब्यस्त छु, पछि गर्छु ल" ,"OK" . त्यो दिन हरेक क्षण म उसको फोनको प्रतीक्षामा थिए।  साझ करीव ८ बजे तिर उनले म्यासेज गरी "Online आउनु न ", झटपट Online गए।  त्यो रात हामि निकै कुरा गरेयौ, अझ भनौ सामिप्यता अझै बढ्दै गएको थियो।  उसको हरेक कुराले मेरो मनमा खैलाबैला मच्याएको थियो। सायद उसलाई पनि त्यस्तै भएको हुनुपर्छ। हाम्रो सामिप्यता बाक्लिदो थियो अझ भनौ एक अर्कोको बानि परेको थियो।
           उ बिना जानकारी कयौ दिन हराउथि , फोन अफ हुन्थ्यो , अनि मेरो मन बेचैन।निकै रिस उठ्थ्यो तर उसले सजिलै फकाउथी , अझ भनौ मेरो मन उसकै तियन्त्रणमा थियो। असोजको  महिना थियो , मेरो जन्मदिन पनि नजिकिदै थियो तर उसले Wish गर्ने नगर्ने अत्तोपत्तो थिएन। कयौ पटक  फोन try गरेको थिए अफ थियो। ५७ मिनेटमा उसको रिङ्ग बज्यो , त्यो ४० सेकेन्डमा कयौ सपना देखेको थिए। फोन उठाए तर केहि समय बोलेन , "नरिसाइसो न बाबा हजुर संग बोल्न मन नभएको कहा हो र, समय नै यस्तै छ ", अझै केहि बोलेन ," नबोले पनि माया गर्छु ल , umhaa umhaa umhaa", "पागल" यत्ति भनेर हासे।
                "जन्मदिनको लाखौ लाख शुभकामना, मलाइ सधै यसरी नै माया गर्नु ल संगीत" म उसलाई गीत अनि उ मलाइ संगीत भन्थी।  "धन्यवाद मायालु" , उ खित्का छोडेर हासी अनि म पनि हासे। "भोलि बालुवाटारको Busy Bee Cafe मा साज ५ बजे भेट्ने ल " उसले   प्रस्ताव गरी। …. पहिलो भेट भएकोले निकै उत्साहित हुदै स्वीकार गरे अनि फोन राखे। त्यो रात मेरो लागि निकै लामो भयो। त्यसैले  त भन्छन प्रतीक्षा गर्न निकै गाह्रो हुन्छ।               बुधवारको दिन थियो , आकाश सफा देखिएको थियो, तिहार नजिकिदो भएकाले गोदावरी र सयपत्री फुलिरहेका थिए। वातावरण निकै रमाइलो, घमाइलो थियो।  तर मलाइ घडिको सुइ नचले जस्तै लागेको थियो , ३ पनि वर्षौ पछि बज्न लागेको जस्तो अनुभूत भैरहेको थियो। निलो जिन्स , सेतो टिसर्ट अनि समर कोट लगाएर ऐना अगाडि उभिए "All the best" आफैलाई भने , त्यतिन्जेल ४:१० बजिसकेको थियो। बानेश्वोर चोक निस्किय अनि taxi चढे।   
               बालुवाटार पुग्दा ४:५५ भै सकेको थियो , Cafe नजिकै पुगेर उसलाई फोन गरे तर फोन अफ रहेछ। त्यतिबेला साच्चिकै त्यो टेलिकमको दिदि संग निकै रिस उठेको थियो। १० ……२० ………     ३० मिनेट बित्यो  उसको अत्तो पत्तो थिएन।  मन खिन्न भएको थियो, Cafe नजिकै झोक्राएर बसिरहेको थिय।  एकासी "Sorry केहि समय लेट भयो" , उसको लागि केहि समय थियो होला तर मेरो लागि ................................तर मेरो लागि वर्षौ जस्तो लागेको थियो। "Happy Birthday to my Hero ..." उसले टाइट हग गरी अनि मेरो गाला चुमी।  त्यतिन्जेल म केहि बोलेको थिएन , उसले बोल्ने समय नै दिएकि थिइन। म पनि उसको Forehead चुमे। अनि Cafe भित्र छियौ।               त्यहाको वातावरण साच्चिकै बर्णन योग्य थियो। उसले ३० मिनेट पहिला आएर त्यो सबै गरेकी रहेछ। उ र म मात्रै भएकोले केक काट्नको लागि केहि ढिलो भएन।  त्यो समय मेरो लागि निकै पूर्ण जस्तो लागेको थियो, जिन्दगीको हरेक खुशी पाएको थिए। त्यो दिनको लागि म लाजिम्पाटको एक होटलमा रुम भनेको थिय।  रातको करिव १० बजे तिर हामि होटल तर्फ लाग्यौ।  त्यो रात संसार बिर्सिएर एक अर्को मा समर्पित थियौ।
               अर्को दिन चोभार घुम्ने प्लान गरेर १२ बजे तिर होटल बाट निस्कियौ , म त्यो दिन अफिस आउन नसक्ने फ़ोनबाटै जानकारी गराए। त्यहा धेरै कुरा भए , उसको BDS सकिए पछि बिहे गर्ने सहमति भयो।  त्यो सकिनका लागि अझै १ वर्ष बाकी थियो। करिव ६ बजेको थियो हामि रत्नपार्क बाट छुटियौ।  म बानेश्वोरको गाडि चढे,उ महाराजगंजको।  केहि समय पछि म्यासेज गरे "Thank you for Today my love" .
               करिव ६ महिना पछी उसले अचानक फरक प्रस्ताव गरी।  उसको BDS सकिए पछि USA को लागि TRY गर्ने र उतै गएर बिहे गर्ने। त्यो मेरो लागि असम्भव जस्तै थियो।  यता टेलिकमको जागिर उता उसको प्रस्ताव। मामु विदेशको लागि कहिले सकारात्मक  हुनुभएन।  एकातर्फ प्रेम अर्को तर्फ परिवार र जागीर...................................................म केहि बोल्न सकेन।  उस्ले मलाइ ५ दिनको समय दिई र फोन राखी।  त्यो  ५ दिनमा मैले निकै ठुलो निर्णय गर्नु पर्ने थियो तर मेरो लागि सहज भएन। उसलाई फोन गरे , यहि नेपालमा हामि केहि गर्नु पर्छ भनेर कन्भिन्स गर्न खोजे तर उसले आफ्नो हट छोडिन।  मन खिन्न भो र फोन राखे। केहि समय पछि उसले फोन गरी " हाम्रो बिचको सबै सकियो , अब मलाइ फोन नगर्नु होला " यत्ति बोली र फोन काटि। म सयौ पटक  उसको फोन TRY गरे तर सफल हुन सकेन।  त्यो दिन साच्चिकै रोए, धेरै रोए , उसको मायालाइ सम्झेर रोए , सपना सम्झेर रोए, बितेका पल सम्झेर रोए।  आखिर म संग के नै बाकी थियो र।
           दिन बिते , हप्ता बिते , महिना बिते तर उसको यादले अझै जरा गाडेको थियो।  उसको फोनले हरेक दिन उठ्ने बानि परेको म ...........बिहान नभैदिए हुन्थ्यो जस्तो लाग्थ्यो। मलाइ देखेर मामु निकै चिन्तित हुनुहुन्थ्यो। ३ महिना बिते पनि उसको फोन Try गर्न छोडेको थिएन। एकदिन उसको बहिनीलाई फोन गरे।  नम्बर परिवर्त गरेकी रहेछ। उसले कयौ दिन सम्म खाना नखाएको बहिनीले जानकारी गराइन। बेलुकीको ९ बजेको थियो, फोन गरे............." म संग ५ मिनेट मात्रै छ के के भन्नु छ भनिहाल्नु ","म तिमि संग जान तयार छु ", "अनि मामु?" , "मामु मेरो खुशीमा सधै खुशी हुनुहुन्छ , म उहालाइ कन्भिन्स गर्छु " , "भोलि पुतलिसडकमा साझ ६ बजे भेट्ने " "हस " भनेर फोन राखे।    
        मामुलाई यसको बारेमा भनेको नै थिएन।  अर्को दिन पुतलिसडकमा उसलाई भेटे , संगै मेरो सबै डकुमेन्ट उसको हातमा थमाए।  उ अँगालो हालेर रुन थालि " थाहा थियो हजुर आउनु हुन्छ भनेर " ,"अब नरोउ कहा के के गर्नु पर्छ  भन, अब ढिलो गर्नु हुन् " हामि Kec बाट लुसियानाको लागि Apply गर्दै थियौ।  पुराना दिन फेरी फर्किएका थिए , उसको मायामा पुरै लिप्त भएको थिए। उताको पनि interview को डेट तोकिएको थियो।
         म अफिसमा थिए , करीव १२ बजेको थियो , करीनाले फोन गरीन।  उनको बोलि निकै आत्तिएको जस्तो लागेको थियो।  "के भो ?, किन .....छिटो भन" ," दिदि को ...................", "दिदीको के?" म निकै आत्तिएको थिए।  नानो सेकेन्ड पनि प्रतिक्षा गर्ने अवस्थामा थिएन। उ रुदै बोलि "दिदीको .....................................Accident भयो , अहिले टिचिङ्ग हुनुहुन्छ।  मेरो क्याभिनको छेउमा भएको सरले सबै सुन्नु भएको रहेछ, म आफुलाई सम्हाल्न सकेको थिएन।  तर पनि बाइक लिएर टिचिङ्ग जानका लागि हिम्मत जुटाएको थिए।  " म जान्छु सर हजुर संग टिचिङ्ग, ल पछाडी बस्नुस " बाइक निकै Speed मा थियो तर पनि नचले जस्तो लागेको थियो।
                टिचिङ्ग पुगे , उसलाई ICU मा राखिएको रहेछ।  झटपट उ संग पुगे तर उ ........................................................ तर उ बोल्न सक्ने अवस्थामा थिएन।  उसको हात समाते  केहि प्रतिक्रिया थिएन, भक्कानिदै बाहिर निस्के र करीनालाई भेटे। उसको Accident kec जादै गर्दा भएको रहेछ। केहि समय पछि काब्याको उपचारमा संलग्न डक्टर बाहिर निस्कनु भयो , "उहाको होस् आएको छ भेट्न सक्नु हुन्छ" त्यतिबेला हामि सबैको आखा खुशीको आसुले भरीएको थियो। केहि समय पछि म गए, "संगीत ..............संगीत आफ्नो ख्याल गर्नु ल , मलाइ केहि भएको छैन केहि समय पछि हाम्रो सपना पुरा हुदैछ" ,उसको त्यो बोलीले म सम्हालिन सकेन , बलियो संग उसको हात समाती रहे।  "संगीत म नभए पनि हामीले देखेको सपना पुरा गर्नु ल ", उसको आखा भरी आशु थियो।  म केहि बोल्न नसकी त्यहा बाट बाहिरीए।
                    करिव २ घन्टा पछि नर्सले आत्तिदै डक्टरलाइ बोलाउदै थिइन् तर हामीलाई त्यहा प्रवेस दिएको थिएन।  २० मिनेट पछि डक्टर बाहिरियो " Sorry काब्यालाई बचाउन सकिएन ". त्यसपछि के भयो मललाई याद नै छैन।  बिउझदा सरको कोठामा रहेछु , सरले कुरेर बस्नु भएको रहेछ।  केहि समय पछि घर आए। मेरो रुमको वाल भर  उसको तस्वीर मुस्कुराउदै थियो।  लाखौ खोसिस गरेर उसको तस्वीर संग बोल्न तर पनि बोलेन बस मुस्कुराई रह्यो …. ।
                     उसको यादमा कयौ रात अनिदो बिताएको छु , लाखौ सपना अधुरो भएका छन आफुलाई माया गर्ने मान्छे गुमाएको छु ,सयौ पटक लडेको छु तर पनि दैवको सामु मेरा यी सबै प्रवाभ बिहिन भए, उसको सम्झना बाहेक केहि बाकि रहेन।  अहिले सेन्ट लुसियानामा उ सग देखेका सपना पछ्याउदै छु.............उ बिना महत्व बिहिन भएता पनि उसको आत्मा सान्तीको लागि यो सबै गर्दै छु।  जिन्दगीले अनेकौ चोट दिएको छ तर पनि हिम्मत हारेको छैन , १०० पटक लडेको छु तर पनि १००० पटक उठ्ने प्रयास गरेको छु।  लाग्छ मेरो हरेक खुसी र दुखमा उसले कतै नजिक बाट नियाल्दै छ , हरेक साझ आकासमा देखिने तराहरुमा  काब्या देख्छु................धेरै पटक हामि संगै बसेर तारा नियालेका थियो.................................काव्या म तिमि बिना अधुरो छु, छिटै तिम्रो सामु आउँन चाहन्छु ।
           
   

Thursday, August 10, 2017

समय सँगै ........

            दशैँ  केहि दिन पछि थियो। कार्यालयको काम भन्दा  पनि घर जाने चटारो थियो। अफिस भोलि  देखि बिदा हुने प्राय: निश्चित थियो।  त्यो दिनको अफिस सक्काएर करिब ५:३० बजे तिर बसपार्क तिर लागे। लाइन लामो थियो, मलाई घर पुग्ने चाहले लाइन बस्नका लागि प्रॆरीत गरीरहेको थियो। करीब दुइ घण्टाको प्रतीक्षा पछि म 'क' साइडको ११ नम्बर सिट  पाए।  " भाइ भोलि बिहान ७ बजेको टिकट हो १५ मिनेट पहिला आउनुहोला"," हस्" भनेर डेरा तर्फ लागे।

         डेरामा केहि समय सुस्ताय पछि किचन तर्फ लागे। छिटो छिटो खाना खाइ झोला बनाउन थियो। खाना खाइवरी झोला बनाउन लागे। आमालाई  सारी, दिदीलाई कुर्ता सुरुवाल, भाइलाइ जिन्सको पाइन्ट र टिसर्ट किनेको थिय।  तर आफ्नो लागि.................... यी सबै जतनका साथ ब्यागमा राखे। यत्तिकैमा  करीब ११:३० बजिसकेको थियो।  भोलि छिटै उठ्नु छ भन्दै ४:३० बजेको आलाराम सेट गरेर सुते।

           बिहानको नित्यकर्म सकेर ६ बजेतिर कोठाबाट निस्किय। धुम्बाराही बाट बसपार्कको गाडी चढे सगै मनमा अनेकौ प्रश्न खेलिरहेका थिय। मुग्लिनको बाटो जोखिमपूर्ण छ के होला ? सगैको सिटमा कस्तो मान्छे पर्ला? सकुशल पुगिएला कि नपुगिएला ? यस्तै यस्तै अनेकौ। "दाइ तपाइँ बसपार्क झर्ने होइन" खलासीले झस्कायो। "कति भो दाइ भाडा", "१५ रुपैया दिनुस्" खल्ती बाट १० र ५ को नोट निकालि  खलासीको हातमा थमाएर भित्र छिरे।

    बसपार्क खचाखच थियो। कति टिकट काट्न, कति आफु जाने गाडिको प्रतीक्षामा त कति खलासी सँग बार्केनिङ् गर्दै थिए। म भने गाडि खोजेर आफ्नो सिटमा गएर बसे। "यात्रा सफल रहोस्" मनमनै पुकार्दै थिए। बस आधा  घण्टा ढिलो गरि हिड्यो।  तर छेउको सिट खालि नै थियो।एकै छिनमा कलंकी पुगियो। "खलासी चिच्याई रहेको थियो "बुटवल बुटवल जाने हो मुढा खालि छ" छिनभरमै गल्लि पुरै खचाखच भरियो।  तर त्यो सिट खालि नै थियो।

       "दिदि छिटो आउनुस् न ढिलो भैसक्यो" खलासीले कसैलाई फोन गर्दै थियो।  त्यस्तै करीब ५ मिनेट पछी २० ,२२ वर्षको उमेर कि युवती आइ " दाइ म झ्याल तिर बस्छु न" Request गरी , म सहजै "हस्" भनेर झ्याल तर्फ बस्न अनुमति दिए। बस बिस्तारै गन्तब्य तर्फ अगाडि अघि बढिरहेको थियो।

      म आखा चिम्लिएर गाना सुनिरहेको थिए।  " ल सबै जनाले पिसाब फेर्नुस, फेरी गाडि रोकिदैन" खलासीले नमिठो स्वरमा बोल्यो।  बस नागढुङ्गा पुगेको रहेछ।सबै पिसाब फेर्नका लागी हतार हतार ओर्लदै थिए , म पनि। "छिटो गर्नुस् ढिलो भयो" खलासी च्याठिदै बोलिरहेको थियो।

      "तपाइँ बाहिर जानुभएन" मैले छेउमा बसेकी ति युवतीलाई लक्षित गरेर प्रश्न गरे।  "नाँइ" उसले सोझो जवाफ गरी। "कहा पुग्ने तपाइँ" , "बुटवल", "तपाइँ" , "बुटवल नै हो"  केहि समयको मौनता पछि "तपाइको नाम के नि" , "रबिना" , "कति राम्रो नाम" , "धन्यवाद" , "तपाइको?" , "रितेस आर स्क्यायर" व्यंग गर्दै उत्तर गरे। उ मुसुक्क हासी र  झ्याल तर्फ फर्की।

      बस मलेखु पुगीसकेको थियो , उसले कानमा इएरफ़ोन कोचेर सायद गाना सुन्दै थिइ।म वास्ता नगरी " काठमाण्डौमा कुन कलेज पढ्छौ " , " के भन्नु भएको" उसले हतपत एयरअफोन निकाली र प्रतिप्रश्न गरी , म पुन सोहि प्रश्न दोहोराय।  " अँ नासामा पढ्छु" , " कुन लेभल" , "ब्याचलर सेकेण्ड एयर" , " कुन" , " साइन्स" म एकोहोरो प्रश्न गरिरहेको थिय, उसले उत्तर।  "तपाइँ" , " म शंकरदेव मा मास्टर्स सेकेण्ड इएर"यकै पटकमा उत्तर गरे।  "अनि जागिर नि गर्नु हुन्छ होला?" , " हो WWF मा दिन बिताउछु" , उसले "WOW" मात्रै भनि।  मोबाइलमा बजिरहेको गाना बन्द गरेर उसले मेरो जागिरको सन्दर्भमा निकै चासो राखी।  मैले उसका हरेक प्रश्नको उत्तर दिने प्रयास गरेको थिए। तर मनमा प्रश्न उब्जिएको थियो , आखिर उसले किन चासो राखेकी छ? उसले झ्याल तर्फ फर्केर सानो स्वरमा बोलि " मैले पनि एप्लाई गरेको थिए सतलिस्ट नै गरेन" उसको त्यो बोलीमा निरासा र आक्रोस प्रष्ठ झल्कन्थ्यो।

        मलेखु देखि रामनगर सम्ममा हाम्रो बिचमा अनेकौ बिषयमा भलाकुसारी भएको थियो।  बस रामनगरको लुम्बिनी भोजनालय मा रोकियो।  "ल खाना खान झर्नुस" बाहिर कोहि बोल्दै थियो। " जाउ खाना खान " , " नाँइ नजाने" , " जाउ न " मेरो आग्रहलाई नकार्न नसकी उ पनि संगै ओर्ली।

     " के खाने ?" , " केहि नखाने हजुरले खानुस्" , " हुदैन" म जिद्दी गरे। अन्त्यमा  हामि म:म खाने सहमति गर्‍यौ । " दिदि कति भो" मैले अन्टिलाई  सोधे " नाँइ नाँइ म दिन्छु"उ पछाडी बाट बोलिरहेकी थिइ  तर म वास्था गरेन।  बस पुन गन्तब तर्फ अगाडि बढ्यो।  नारायणी पुलमा पुगेपछि "यहा  सिक्का फ्याक्नु पर्छ रे मनले आटेको पुग्छ" उसले दुइ रुपैयाको सिक्का मेरो हातमा थमाई।  हामि सिक्का तारायणिमा फयाक्यौ। " के माग्नु भो?" , " भन्न हुन्न पुरा हुन्न रे" हामि यस्तै यस्तै  कुरामा रमाइरहेका  थियौ। अझ भनौ यात्रामा समय बितेको पत्तो नै भएको थिएन।

      मलाइ उसको परिवारको बारेमा जान्ने उत्सुकता जागेको थियो , तर कुनै बाहना भेटिएको थिएन। जसो तसो म "घरमा कति जना  हुनुहुन्छ?" केहि समय पछि "३ जना बुवा, भाइ अनि म" , "अनि आमा?" म हतार हतार प्रश्न गरे। उसको मुहार मलिन देखोयो। "आमाले छोडेर  जानु भाको नि दुइ वर्ष पुग्यो" उसले लामो सास फेरी अनि झ्याल तर्फ फर्की।  सायद बाहिरको स्वार्थि संसारलाई नियाल्दै चित्त बुझाउनका लागि उसले झ्यालको साहरा लिएकी थिइ। म मा पुन प्रश्न गर्ने हिम्मत आएन। उ झ्याल तिरै हेरिरहेकी थिइ।  सानो आवाजमा " जिन्दगीले अनेकौ चोट दिन्छ" गुनगुनाउदै थिइ। "दैव पनि कति निष्ठुरी सारा खुसि  बाल्यबस्थामै लुटिदिने" मैले जवाफ फर्काए । उसको अँखा भर आँसु थियो जब मेरो अनुहार नियाल्न कोल्टे फर्किएकी थिइ । " strong हुनुपर्छ चिन्ता नगर" यत्ती बोल्न भ्याए ।

     बस दाउन्नेको उकालो चढ्दै थियो ।"सबैको आफ्नै आफ्नै कथा हुन्छ है तर कतिको सुन्दै अँखा रसाउने" यो वाक्यांश उ प्रती लक्षित गर्दै हावामा फ्याके।  निकै प्यारो स्वरमा "उम्" गरि । गाडीमा पनि "मलाई यो जिन्दगीले चोट दियो गनि गनि" भन्ने गाना बजेको थियो ।लाग्दै थियो दन्केको आगोमा तेल थप्ने काम गर्‍यो। लामो सुस्केरा हाले अनि कोल्टे फर्किए ।

         "एकैछिनमा त हाम्रो पनि छुट्ने समय आयो है " उसले प्रश्न फ्याकी। "प्रीय मान्छे सँग छिटै छुटाउने भाविको रीत नै रहेछ क्यारे" म मलिन स्वरमा बोले । " यहि त हो यात्राको नमजा, मन परेको मान्छे सँग धित मरुन्जेल बोल्न पनि नपाउने " उसले आक्रोशित वाक्य बोली । म केही उत्तर गर्न जरुरी ठानेन ।

    "अँ तपाईको फेसबुकमा के नाम छ म requeat गर्छु नि" ," रितेस घिमिरे" । गाडिमै फेसबुक खोली र message को रिप्लाई गर्नु नि भन्दै निलो बटन थिची । " त्यति त चलाउदिन तर सकेसम्म गरीहाल्छु नि" , "त्यो भन्दा पनि मेरो नम्बर नोट गर, ९८..... " मिसकल गर्दै मेरो त्यही हो खै ल्याउनुस् मै सेभ गर्दिन्छु भन्दै मोबाइल खोसी , म प्रतिवाद गर्न आवश्यक ठानेन । उसले लेखेकी थिइ "प्यारो मान्छे" ।

      " बुटवल आयो झर्नुस्" खलासी चिच्याउदै थियो ।हामी दुबै जना ओर्लियौ ।" कहिलेकाही फोन गर्नु, माया यत्तिमै सिमित नहोस् , तपाई सँग यात्रा गर्न पाएको मा खुशी छु" यस्तै यस्तै धन्यवादका शब्द बोल्दै थिइ ,मलाई सबै खल्लो लाग्दै थियो । म यात्रा सकिएको मा दुखी थिए । अन्तिम वाक्य बोले " फेरि पनि सँगै यात्रा गर्न  साइत जुरोस्" उसले मलिन अनुहारमा बिदाइका हात हल्लाउँदै थिइ अनि म..... अनि म नतमस्तक बनी हेरिरहे आँखाले भ्याउन्जेल ।

     २० मिनेट पछि मोबाइलमा म्यासेज बज्यो । लेखिएको थियो " म घरमा पुगे ,हजुर पुगेपछी म्यासेज गर्नु ल " दिन प्रतिदिन हाम्रो सामीप्यता बढ्दो थियो ।घण्टौ फोनमा बोल्नु हाम्रो रुटिन नै बनेको थियो ।  एकदिन उसले निकै हतारमा फोन गरेकी थिइ ।"रितेस म केही दिनको लागि बाहिर जाँदै छु मिले सम्म आफै फोन गर्छु ,हजुर नगर्नु होला" । फोन कट्यो । पुन सम्पर्क गर्न खोज्दै थिए तर....... तर फोन अफ थियो । मन बिक्षिप्त भयो, आखिर म सँग केही उपाए पनि त थिएन ।

   त्यो दिन पिउन मन लागेको थियो ।तर फेरि सम्झिए "कहिले नपिउनु होला " यात्राकै क्रममा उसले गरेको आग्रह सम्झिए । हरेक दिन वर्ष जस्तै लाग्दै थियो ।जसोतसो २ महिना बितेछ । २ महिना पछि उसको नम्बरको रिङ बज्यो । म हतार हतार फोन उठाए "कहाँ हराएकि , किन फोन नगरे कि , तिमिलाइ रितेसको याद आएन, किन किन ??" उ एक्कासि घुक्क गरि म अझै आत्तिए , के भो किन रोएकी? एकोहोरो बोलिरहेको थिए ।" रितेस मेरो बिहे हुँदै छ, आफ्नो भन्दा पनि बुवाको खुशिका लागि " उ निकै रोइ ।"एउटा कुरा भन्न थियो तिमिलाइ सुन्छौ नि? " , " भन भन"  लामो सास लिइ अनि बोल्न थालि," धेरै कोसिस गरे तर भन्न सकिन ,आज हिम्मत जुटाएकी छु , हजुरसँग जिन्दगीका लाखौं घुम्टी काट्ने सपना देखेकी थिए तर............ तर आज सबै आफ्नै अँखा अगाडि तुहिदै छ " उ एकसासमा बोली ।  उ निरन्तर रोइरहेकी थिइ।मेरो सामु उत्तरको लागि केही थिएन । एकछिनमा फोन कट्यो ।

     आखिर मेरो मनमा पनि त उसको लागि माया थियो किन भनिन ,म आफै भित्र प्रश्न गरिरहेको थिए।अनि मेरा सपनाहरु ??  सपनाहरु उसको एउटै फोनले खरानी बनेका थिए तर म ......... तर म नतमस्तक बनिरहे ... त्यो रात धेरै रोय, आफुलाइ सम्हाल्न सकिन अनि पिउन सुरु गरे बस् उसको यादमा । आज उ अर्कैको अँगालोमा बेरिएकी छे..... गुनासो उ सँग केहि छैन , छ त यो पापी समय संग ........




(घटना र पात्र काल्पनिक हुन्, कसैसँग मेल खाएमा संयोग मात्रै हुनेछ )

Tuesday, August 8, 2017

त्यो रात........

माघ महिनाको कठ्ङ्ग्रीदो  जाडो थियो। म विधालय बाट फर्किएर खाजा खाइ साथि  सँग खेल्दै थिए। घरमा आज केहि विषेस परिकार पकाउने आमाले तखर गर्दै गरेको सुइँको पाएको  थिए। हामि प्राय मोजामा कागज राखेर भकुण्डो बनाएर खेल्ने गर्थ्यौ।  निकै रमाइलो पनि हुने गर्थ्यो।  यत्तिकैमा आमाले  " बाबु जा त बारीमा गएर बेसार लिएर आइज" मैले आमालाई जवाफ फर्काए " भोलि बिहानै लिएर आउँंला अहिले साथि सँग एकछिन खेल्छु"।  आमाले झर्केको स्वरमा भन्नुभयो "यो कुकुरले कहिले भनेको मान्ने होइन" . आमाको त्यो कठोर बोली सुनेर कुटो बोकेर बारी तर्फ लागे।

            घर फर्कदा झिसमिस अध्यारो हुन आटेको थियो।  बुवा पनि स्कुल बाट घर फर्किनु भएको थियो। " के लिएर आएको बाबु तँ" बुवाले प्रश्न गर्नुभयो।  "बेसार लिएर आएको नि" , "के कामका लागि" "आज खिचडी खाने रे आमाले भन्नुभएको " , "गृहकार्य सकियो कि खेलेर मात्रै बसेको ?" म केहि नबोली आफ्नो कोठा तर्फ गृहकार्य गर्न हिँडे। 

          रातको करिब ८ बजेको थियो , आमाले भान्सा बाट चिच्च्याउदै " सबै जना खाना खान आउ " . म हतार हतार भान्सामा पुगे।  भान्सामा  पुगेपछि, बुवा खोइ के कामका लागि गाउँँ तिर निस्कनु भएको आमाले सुनाउनु भयो।  मैले भने "बुवा आए पछि सबैले सँगै खाउला नि" आमाले हुन्छ भन्नु भयो। 

          करिब ८:३० बजे तिर बुवा आउनुभयो " आज अलि अध्याँरो भो" आमाले रीसाएको स्वरमा भन्नुभयो "अब खाना खाने हात धुनुस्। " बुवा चुपचाप नबोली खाना खान रेडि हुनुभो।  खिचडी पाकेकोले सबैले मिठो मानि खादै थियौ।  यत्तिकैमा बाहिर बाट एक अनौठो आवाज आयो "सर बाहिर निस्कनुस् त" बुवाले खादै हुनुहुन्थ्यो।  "एकछिन बाहिर बस्दै गर्नुस्" बुवाले जवाफ फर्काउनु भयो। 

            देशमा युद्द चलेको थियो।  हरेक दिन जसो अपहरण र हत्याका समाचार बज्ने गर्थे। त्यसैले पनि बुवा केहि हतास देखिनु हुन्थ्यो।  बुवा हतार हतार गरी बाहिर निस्कनु भयो। सँगै म पनि बुवाको हात समातेर बाहिर निस्के। बाहिर तत्कालिन बिद्रोही जत्थाले घर घेरा हालिसकेको थियो। त्यो अपरिचित मान्छे बोल्यो " सर तपाइलाइ सोधपुछ गर्नु छ हामि सँग हिड्नुस्" , बिचमा आमाले निन्याउरो स्वरमा भन्नु भयो " सर कतै जानुहुदैन , जे सोध्नु छ यहि सोध्नुस्"। "यहाँ मिल्दैन , सरलाई केहि हुदैन आत्तिनु पर्दैन" ,"हुन्न कतै जानुहुँदैन " यस्तै  भनाभन त्यो व्यक्ति र आमाको बिचमा चल्दै थियो। म भने मलिन भएर बुवाको हात समातेर उभिएको थिए। 

         "केहि हुदैन मलाई एकछिनमा फर्कन्छु तिमि केटाकेटीको ख्याल गर" बुवाले आमालाई निर्देषनात्मक तबरले भन्नु भयो। आमाले आँखामा आशु लिएर नजानुस् अबस्था ठिक छैन भन्दै हुनुहुन्थ्यो। त्यहाँ रहर भन्दा पनि बाध्यताले गाँजेको थियो।  "बाबु तिमि आमा सग बस म अंकल सँग गएर एकछिनमा आउँछु"  म तर्फ हेर्दै बुवा बोल्नु भयो।  म रुन्चे स्वरमा "हस् छिटै आउनु है"। 
  
           बुवाले घर छोडेसँगै आमा निरन्तर रुनु भएको थियो।  त्यो रात निकै लामो भयो , हामि सबै बिहानीको प्रखाइमा एकै ठाउमा गोल भएर बसेका थियौ।  अन्तत : त्यो रात मेरो लागि अभिसाप बनेर आयो।  म हरेक दिन जसो बुवा आउने आसमा बाटो पहिल्याउन छोडेको छैन , तर मेरो त्यो आस नियतिमा भने कहिल्यौ बदलिने छैन। हरेक दिनको सुर्य अस्त सँगै बुबा आउने बाटो हेर्न लागेको पनि आज १४ वर्ष बित्यो तर बुबा ........................

       बुवाको बेपत्ता पछि कयौँ बसन्त आए , बिरुवाले अनेकौ पालुवा फेरे तर म ? तर म ...................... त्यो घटना बाट बाहिर निस्कन सकेको छैन , कैयौँँ खुशी बुवाको अभावमा खल्लो नितान्तै खल्लो महसुस गरेको  छु। त्यसपछिका हरेक रात बुवाको प्रतीक्षा मा बित्ने गरेको छ, कहिलेकाहिँ सिरानीलाइ साथि बनाएर बेदना र असन्तोस  पोख्दै बुवाको यादमा आशु बगाउनु मेरो नियति नै बनेको छ। किहिलेकाही चिच्याई चिच्याई भन्न मन लाग्छ दैव त कति पापी छस् ......................... बाल्यावस्था मै मेरो खुशी लुटिस्.......... अबोध बालकको तलाई श्राप लागोस् .................................... 

Monday, August 7, 2017

"इच्छा"

केही दिन अघि मैले मेरा छोराछोरी हेर्न, पढाउन आउने इच्छालाई आनो कोठामा बोलाएँ। बस इच्छा तिमिले पाउने पैसाको हिसाब गरौं । तिमीलाई पैसा चाहिएको होला तर तिमिले मागेनौं । मैले त तिमिलाई महिनाको तिनहजार रुपैया दिन्छु भनेको थिए ।"होईन चार" । इच्छाले भनी । "होइन तिन"। लेखिराखेको छु, इच्छालाई जिहले पनि मैले तिन दिने गरेको छु तिमी यहाँ दुई मिहना देखि काम गदौ……………………। इच्छाले भनी दुई मिहना पाँच दिन । होइन पुरै दुई मिहना । मैलै यहाँ लेखिराखेको छु।

उसको बिवरण सुनाउन लागे । नौ वटा आइतबार घटाऊ । तिमीले आइतबार रायनलाई हेरेनौ, फेरी तीन दिन रिस्तमलाइ ………। इच्छा  रातैभई अनि उसले आफ्नो  पोशाकको फेर छोई । एक शब्द पनि बोलिन ।

       "तीन दिन रिस्तमलाइ नहेरेको पनि घटाउ"। "चार दिन रायन बिरामी थियो"। "दुई दिन मेरी आमाले छोराछोरी हेरेकी थिइन तिम्रो  दाँत दुखेर अनुपस्थित  हुँदा"! "बाह्र र सात उन्नाइस भो होइन त इच्छा" । उन्नाइस  घटाउँदा चारहजार एकसय तिमिले पाउने भयौ होइन त इच्छा?  मैले प्रश्न गरे। उसको आँखा रातो भयो । हाँसोको कतै गुन्जाएज नै थिएन होस् पनि कसरी?  उसको चिउँडो कालो र मलिन भो। उसले असजिलो मानेर खोकी तर एक शब्द  पनि बोलिन मात्रै सुनिरही।
 
नयाँ वर्षको दिनमा तिमिले एउटा कप प्लेट पनि फुटायौ। । "अब यसबाट पाँच सय घटाउ", "कप र प्लेट  महँगो छ तै पनि मैले तिमिलाइ भनेर नै घटाएँ"। म बोलिरहेको थिए उस्ले चुपचाप उभिएर मलाइ एकोहोरो हेरीरहेकी थिइ । अझै थपे "मलाइ  यस्तो काम मन पर्दैन"। तिम्रो यो लाहपरबाहिको सजाय स्वरुप एक हजार घटाउ। । फेरी नयाँ वर्षको दिनमा मेरो पैसा पनि हराएको छ, तिमीलाई घर हेर्न भन्दै छोडेको थिए त, तिम्रै कारणले चोरी भो , त्यसको एक हजार घटाउ। सबै तिमिले बेहोर्नु पर्छ ,तिमिलाइ घर हेर भनेर तलब दिएको होइन, म एकोहोरो प्रश्न गरीरहेको थिए,तर उ मौन थिइ । दस गते म तिमिलाइ एक हजार दिएको थिए। "दिनुभएन" । इच्छा हतार हतार बोली । होइन मैले लेखिएको छु। छ…………।छ ...... चार हजार एक सय बाट अब तीन हजार पाँच सय घटाउ। यत्तिकै  मा उसका दुबैआँखामा आँसुआए । उसको अनुहार असिन पसिन भएको प्रष्टै दिखिन्थ्यो !

      "मैले एकपटक मात्रै  पैसा लिएकि छु। कामेको स्वरमा उसले भनी ,त्यो पनि तपाइँको श्रीमती सँगबाट त्यो पनि तीनसय रुपैया भन्दा बढी होइन"। मैले जवाफ दिए "हो मैले पनि लेखेको रहेनछु"। अब छ सय बाट तीन घटाउ । तीन सय बाँकी रह्यो । लौ तिम्रो  पैसा । तिन एक एक सय यहाँछ । मैले उसलाई तीन सय रुपैयाँ थमाइदिए। उसले थापी अनि झोलामा असजिलो तरीकाले फ्याकी । दया गनुभएकोमा धन्यवाद , उसले मधुरो स्वरमा भनी । म जुरुक्क उठेर कोठामा यताउता गर्न थाले। मलाई असाध्यै रिस उठेको थियो । के को दया? मैले सोधे।" पैसाको लागी" उसले भनी ।

   तिमीलाई थाहा छ तिमिलाइ मैले किन ठगेको छु। तिम्रो पैसा मैले चोरेको छु अनि के को दया, अरु ठाउँमा त एक पैसा पनि काट्दैनन्। उसलेभनी " हो कही यस्तो बाहनामा पैसा काट्दैनन्" ।मैले हत्तपत्त जवाफ दिए " तिमीलाई एउटा पाठ सिकाएको हुँ। म तिमिलाई  तिम्रो सबै पैसा दिन्छु ,यही खाममा तयार छ । तर तिमिले आफुमा भएको अन्याय लाई बिरोध गर्न सकेनौ न कि मौन स्वीकार गरेर कमजोरी प्रदशन गर्‍यौ।। यो स्वार्थी संसारमा यसरी कमजोर हुनु हुदैन ।ऊ अनौठो स्वएले हाँसी । उसको भाव मैले बुझिसकेको थिए ।मैले उ सँग माफी मगेर पुरै पैसा हातमा राखिदिए ।उसले निस्के क्रममा एक वाक्य बोली  "दया गरीदिनु भएकोमा धेरै धन्यवाद"। मैले ऊ गएको हेरीरहे र सोचमग्न बने ....

आत्म कथा

आफ्नै छायाँले गिज्याई रहदा आज फेरी कलमको सहारा लिन खोज्दै छु।  धेरै कुरा पढ्न नै बाकि छ , केहि किताब केहि आखा अनि केहि मान्छे।  हरेक दिन केह...